मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अमरगढीस्थित बागबजारमा भीषण आगलागी, ९ वटा पसल जले

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा गएराति भिषण आगलागी भएको छ ।

    जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ को बागबजारस्थित बगरकोटमा गएराति आगलागी हुँदा ९ वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

    यसअघि पनि बागबजारमा पटकपटक आगलागी भएको थियो । लगातार आगलागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् ।

    गएराति लागेको आगो अमरगढी नगरपालिकाको दमक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

    यसैबीच आगलागीको घटनामा संलग्न रहेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

    पक्राउ परेका व्यक्तिले आफ्नो कसुर स्वीकार गरिरहेको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । उनका बारेमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij