प्रकाशित मिति : सोमवार, पुस २३, २०७५
काठमाडौं, २३ पुष । मुलुकभर सोमबार मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहान देशका केही ठाउँमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ। पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन्।
उनका अनुसार सोमबार दिउँसो पनि देशैभरको मौसम बदली हुनेछ भने काठमाडौंसहित मध्य भागमा पानी पर्ने सम्भवना रहेको छ। मंगलबारदेखि भने पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भेगबाट बाहिरिने भएकाले मौसममा सुधार आउने मौसमविद कँडेलको भनाइ छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij