मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सामाखुसीमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु, ४ घाइते

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • काठमाडौँ । सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दिउँसो ११ः४५ बजे चक्रपथ हुँदै बौद्ध जोरपाटी चल्ने बा१ज ९७६६ नंको माइक्रोको ठक्करबाट धूम्रबाराही बस्ने ५५ वर्षीय सीता दाहालको मृत्यु भएको हो ।

    महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारका क्रममा अल नेपाल अस्पताल सामाखुशीमा मृत्यु भएको जानकारी दिनुभयो ।

    दुर्घटनामा कोटेश्वर बस्ने सरिता अधिकारी, उहाँका श्रीमान् सुशील अधिकारी, अल नेपाल अस्पतालमा कार्यरत नर्स सपना राई र लक्ष्मी सापकोटा घाइते हुनुभएको छ । घाइतेमध्ये सापकोटा गम्भीर भएको कार्कीले बताउनुभयो । दुर्घटना गराउने माइक्रोबस र उक्त बसका चालक रामेछापका ४० वर्षीय टङ्कराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij