प्रकाशित मिति : सोमवार, पुस २३, २०७५
मधु पौडेल ,बाँके । नेपाल प्रेस युनियन बाकेको जिल्ला अधिवेशन माघमा हुने भएको छ । युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा आज (सोमबार) बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी माघको दोस्रो साता भित्र जिल्ला अधिवेशन गरीने निर्णय गरे संग युनियनको अधिवेशन हुने भएको हो । अन्य जिल्लामा युनियनको अधिवेशन हुदै गर्दा बाँके जिल्लाको अधिवेशनलाई विषेश रुपमा हेरिने गरेको बताइन्छ ।
अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष शाहको संयोजकत्वमा मुल समिति गठन गरीएको छ भने व्यवस्थापनका लागि युनियन बाँकेका उपाध्यक्ष कृपाराम बाडियाको संयोजत्व र व्यवस्थापन उपसमिति गठन गरीएको र आर्थिक उपसमितिका संयोजकका रुपमा युनियनका कोषाध्यक्ष माधव अधिकारीलाई जिम्मेवारी प्रदान गरीएको युनियनका बाँकेका सचिव अर्जुन ओलीले जनाएका छन ।
धेरै पत्रकारहरु युनियनमा आवद्ध हुन चाहेको हुदाँ नयाँ सदस्यता र नविकरणका लागि सचिव ओलीलाई संयोजक तोकिएको युनियन बाँकेले जनाकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij