प्रकाशित मिति : मङ्लबार, पुस २४, २०७५
बुटवल– रुकुमको पूर्वी र पश्चिमी लेकाली भेगमा हिमपात भएको छ । रुकुम पूर्वको हुकाम, मकैकोट, सिस्ने, पेल्मा भट्टेचौर, दादिङ्ग, सेपे लगायतका भेगमा हिजोदेखि मौसममा आएको परिवर्तनसंगै हिमपात सुृरु भएपछि जनजीवन कष्कटर बन्दै गएको हो ।
त्यस्तै पश्चिमको किटानी, जन्तिबसे लेक, मौराखारा, स्याजे, बल्जुरा लगायतका स्थानमा पनि हिमपातले तल बस्तीको जनजिवन कष्टकर बनेको छ । चिसोका कारण स्थानीयवासी हिजोदेखि घर बाहिर निस्कन समेत सकेका छैनन् । औलो क्षेत्रमा बर्ष र लेकमा हिमपात हुँदा दाउरा घाँसमा जान समेत नसकेपछि स्थानीय समस्यामा परेका छन् ।
प्रदेश ५ को गुल्मी सहितका विभिन्न जिल्लामा करिब ५ महिनापछि असिनासहित बर्षा भएको छ । दिनभर असिना सहितको बर्षा भएपछि यस भेगका मानिसहरु आगो तापेर बसिरहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij