मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

के तपाइँ आमा बन्दै हुनुहुन्छ ? कृपया ध्यान दिनुस्

  • प्रकाशित मिति : मङ्लबार, पुस २४, २०७५



  • गर्भावस्थाको बेला व्यक्तिगत कस्मेटिक सामानहरुको प्रयोगले गर्भको बच्चामा असर पूराउन सक्छ ।गर्भवती महिलाले विभिन्न खाले साबुन, लोसन लगायतका कस्मेटिक सामानहरुको प्रयोग गर्दा त्यसले गर्भको शिशुको प्रजनन प्रणालीमा नकारात्मक असर पूराउने अध्ययनले देखाएको छ ।

    अध्ययन अनुसार जो गर्भवती महिला अत्यधिक कस्मेटिकका सामान प्रयोग गर्दछिन् उनका प्रसव सम्बन्धी विभिन्न समस्याका साथै जन्मिने बच्चामा पनि विभिन्न समस्या देखा पर्दछन् ।खासरी बुटयुल पाराबेन नामक रसायनको स्तर बढि भएका कस्मेटिक्स सामानको प्रयोगले समय भन्दा छिटो बच्चा जन्मिने, नवजान शिशुको वजन सामान्य भन्दा बढि हुने तथा नवजात शिशुको लम्बाइ कम हुने जस्ता समस्या देखा पर्दछन् ।

    बुटयुल पाराबेन तत्व सामान्यतया कस्मेटिक सामानलाई बिगि्रनबाट बचाउन प्रयोग गरिन्छ ।अमेरिकाको न्युयोर्कको सनी डाउनसाइड मेडिकल सेन्टरकी शोधकर्ता लौरा गीर भन्छिन् साबुनमा अधिक मात्रामा एन्टीमाइक्रोबियल यौगिक ट्राइक्लोकार्बन अधिक मात्रामा मिसाइएको हुन्छ ।

    यो रसायनका कारण गर्भवती महिलामा समय पूर्व प्रसवको समस्या देखिन सक्दछ । त्यस्तै लोसनहरुमा प्रोपेल नामक रसायन बढि मिसाइएको हुन्छ । यसले नवजात शिशको लम्बाइ कम गरिदिन्छ ।हर्जाड्स मेटेरिएल्स जर्नलमा प्रकाशित शोध अनुसार एन्डोक्राइन ग्रन्थीमा असर पार्ने खालका यस्ता रसायनहरुले पशु तथा मानिसमा विभिन्न खाले प्रजनन सम्बन्धी समस्याहरु पैदा हुन्छन् ।

    त्यसैले गर्भवती महिलाले गर्भको शिशुलाई सुरक्षित र स्वस्थ राख्नका लागि गर्भावस्थामा शौन्दर्य प्रशाधनका सामानहरुको प्रयोग नगर्नु नै राम्रो हुने सुझाव शोधकर्ताको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij