आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अध्ययनले भन्छ, दैनिक १० मिनेट हाँस्नुहोस, विरामी हुनुपर्दैन्

  • प्रकाशित मिति : बुधबार, पुस २५, २०७५



  • ‘लाफ्टर इज द बेस्ट मेडिसिन ।’ अर्थात् हाँसो नै सबैभन्दा ठूलो ओखति हो । यो यस्तो औषधि हो जसका लागि कुनै पैसा तिर्नुपर्दैन ।

    वास्तवमा हाँस्नका लागि कुनै विशेष कारण र स्थान चाहिँदैन । यत्तिकै हाँस्न सकिन्छ । यो सोचेर नहिच्किचाउनुस कि मानिसहरुले पागल भन्नेछन् । भन्नेहरु भन्दै गर्छन्, तपाईं हाँस्दै गर्नुहोस् । किनकी आफ्नो स्वास्थ्यको सवाल छ ।

    अलिकति मुस्कुराउँदा तपाईंको तस्वीर सुन्दर देखिन्छ, भने सोच्नुस कि खुलेर हाँस्दा कति फाइदा होला । हाँसो सबैभन्दा ठूलो औषधि हो भन्ने भनाई सोह्रै आना सही छ । हाँस्दा हाम्रो स्वास्थ्य मात्रै होइन अनुहार पनि राम्रो हुन्छ । हाँसोले हाम्रो शरीरको मांसपेशीहरु, आँखा तथा अन्तरहृदयलाई आराम दिन्छ । यहाँ नियमित १० मिनेट हाँस्दा स्वास्थ्यलाई हुने विभिन्न १० फाइदाहरु उल्लेख गरिएको छ ।

    रक्तसञ्चारमा सुधार

    युनिभर्सिटी अफ मेरिल्यान्डको एक सोधअनुसार हास्नुको सम्वन्ध शरीरको रक्तसंचारसँग हुन्छ । यस अध्ययनमा सहभागीहरुलाई दुई समुहमा राखिएको थियो । पहिलो समुहलाई कमेडी कार्यक्रम देखाइयो र दोस्रोलाई ड्रामा । अध्ययनमा पाइयो कि कमेडी कार्यक्रम हेर्दै खुलेर हाँसिरहेका सहभागीहरुको रक्तसञ्चार अर्को समुहका सहभागीहरुको भन्दा निकै राम्रो थियो ।

    हट्नेछ तनाव

    हाँसोमा तनाव, दुख, झगडा आदि समाप्त गर्ने गजबको शक्ति हुन्छ । तपाईंको दिमाग र शरीरमाथि हाँसोले जुन प्रभाव पार्न सक्छ, दुनियाको कुनै औषधिले पार्न सक्दैन ।

    विशेषज्ञहरुका अनुसार हाँस्नु यसकारण पनि आवश्यक छ कि यसबाट तपाईं बढि सामाजिक बन्नुहुन्छ र मानिसहरुसँग चाँडै घुलमिल हुन सक्नुहुन्छ । यसले तपाईंलाई डिप्रेसनको सम्भावनाबाट टाढा राख्छ ।

    प्रतिरक्षा प्रणाली बलियो

    एक अनुसन्धान अनुसार अक्सिजनको उपस्थितिमा क्यान्सरवाला कोशिकाहरु तथा थुप्रै अन्य प्रकारका हानिकारक ब्याक्टेरिया एवं भाइरस नष्ट हुन्छन् । र, हाँस्दा हामीलाई बढि मात्रामा अक्सिजन प्राप्त हुन्छ र यसले शरीरको प्रतिरक्षातन्त्र मजबुत बनाउँछ ।

    यति मात्र होइन एक अर्को शोधका अनुसार हाँस्ने क्रममा हामी गहिरो सास लिने र छोड्ने अभ्यास गर्छौं । यसबाट शरीरमा अक्सिजनको सञ्चार राम्रोसँग हुन्छ । यसले गर्दा हामी लामो समयसम्म ताजा तथा उर्जायुक्त रहन सक्छौ ।

    दुखाईमा राहत

    अनेकन शोधहरुमा पाइएको छ कि स्पोन्डलाइटिस वा कम्मर दुखाई जस्ता पीडादायक समस्याहरुबाट राहत पाउनका लागि हाँस्नु पनि एक प्रभावकारी विकल्प हो । डाक्टरले लाफिङ थेरापीको मद्दतले यस्ता रोगीहरुलाई आराम दिलाउने प्रयास पनि गर्छन् । यति मात्र होइन, १० मिनेटसम्म जोड जोडले हाँस्दा दुई घन्टासम्म दुखाईबाट राहत पाउन सकिन्छ । यसले मिठो निद्रा पनि लाग्छ ।

    सकारात्मक उर्जा

    हँसिमजाकले आफ्नो मन र मस्तिष्कको बोझ हल्का मात्रै गर्न सक्नुहुन्न, आफूभित्र सकारात्मक उर्जाको सञ्चार पनि गर्न सकिन्छ । सकारात्मक रहेको अवस्थामा जुनसुकै काम गर्दा त्यसमा अझै राम्रो ध्यान केन्दि्रत गर्न सकिन्छ । केही बेर खुलेर हाँस्दा मांसपेशीहरुमा कमसे कम ४५ मिनेटसम्म रिल्याक्स महसुस हुन्छ । यसका अलावा हाँस्नुले तपाईंको रोग प्रतिरोधक क्षमता पनि बढ्छ । भनिन्छ कि एक सकारात्मक व्यक्तीले आफ्नो वरिपरी खुशी र आनन्दको सञ्चार गर्न सक्छ ।

    मुटु बलियो बनाउँछ

    हाँस्दा हृदयको एक्सरसाइज पनि हुन्छ । रक्तसञ्चार राम्रो हुन्छ । हाँस्दा शरीरबाट एन्डोफिर्न नामक रसायन निस्किन्छ जसले हृदयलाई मजबुत बनाउँछ । नियमित हाँस्नाले हार्ट अट्याकको सम्भावना पनि घट्ने विभिन्न अनुसन्धानबाट पाइएको छ ।

    रोगहरुबाट बचाउँछ

    यदि हरेक विहान हास्य ध्यान योगा गर्ने हो भने दिनभरी तपाईंमा प्रशन्नता तथा स्फुर्ति छाउँछ । यदि रातमा यो योग गर्ने हो भने मिठो निद्रा पर्छ । हाँस्य योगले हाम्रो शरीरमा केही हर्मोन्सको क्षय हुन्छ जसले मधुमेह, पिठ्यू दुखाई तथा तनावबाट पिडित व्यक्तिहरुलाई फाइदा मिल्छ ।

    चाउरी रोक्छ

    जोडदार हाँसोले अनुहारका मांशपेशीहरुको एक्सरसाइज हुन्छ । यसले गर्दा अनुहार चाँडै चाउरी पर्दैन । त्यसैले यसलाई नेचुरल कस्मेटिक पनि भन्न सकिन्छ किनकी यसले अनुहारलाई सुन्दर बनाउँछ । धेरै हाँस्ने व्यक्तिहरु लामो समयसम्म युवा देखिने विशेषज्ञहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij