मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भगवानलाई किन चढाइन्छ चामल?

  • प्रकाशित मिति : बुधबार, पुस २५, २०७५



  • एजेन्सी । चामललाई अक्षता पनि भन्ने गरिन्छ। अक्षताको अर्थ हुन्छ नभाचिएको। जसको रंग सेता हुनु परयो। पुजाका लागि अक्षताको प्रयोग अनिवार्य छ। कुनै पनि पुजाको समयमा गुलावी, पहेलो, अबीर तथा सिन्दुर अर्पित गरेपछि अक्षता चढाउने गरिन्छ। अक्षता नभएमा पुजा पूर्ण नहुने धार्मीक विश्वास छ।

    पुजामा चामलको निकै महत्व छ। भगवानलाई त झन यो अर्पित गरिन्छ। साथै कुनै व्यक्तिलाई टिका लगाउन पनि चामलको प्रयोग गरिन्छ। भोजनमा पनि चामलको प्रयोग गरिन्छ।

    सिन्दुर, गुलाबी, अबिर र पहेलो रंग जस्तै चामलमा कुनै विशिष्ट सुगन्ध हुँदैन्। तर यसको विशेष रंग हुन्छ। अन्तः मनमा यो जिज्ञासा उठ्न छ की पुजामा अक्षताको प्रयोग किन गरिन्छ ? अक्षतालाई पूर्णताको प्रतिकका रुपमा लिइन्छ। जुन भाच्चिएको नहुनु पर्यो। चामल अन्नमा सबै भन्दा श्रेष्ठ मानिएकाले पनि भगवानलाई चढाइने गरिन्छ।

    अक्षता चढाउने समयमा हाम्रो भावनामा आउने गर्दछ की कुनै पनि अन्न प्राप्त हुन्छ, जुन भगवानको कृपाले गर्दा प्राप्त हुन्छ। अन्न मध्ये चामललाई मुख्य अन्न मानिने भएकाले यसको प्रयोग गरिन्छ। त्यस्तै सेतो रंग शान्तिको प्रतिक हो। त्यसैले चामल सेतो भएका कारण हाम्रा प्रत्येक कार्यमा शान्ति प्राप्त होओस् भनेर पनि अक्षताका प्रयोग गरिन्छ।

    भगवानलाई चामल चढाउदा ध्यान दिनु पर्ने कुरा
    भगवानलाई चढाउने चामल नभाच्चिएको हुनु पर्दछ। अक्षता पूर्णको प्रतिक हो। चामल सफा र स्वच्छ हनु पर्यो। शिवलिंगमा चामल चढाउदा शिव प्रसन्न भएर भक्तलाई अखण्डित चामल जस्तै अखण्डित धन, मान र सम्मान प्रदान गर्दछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij