प्रकाशित मिति : बुधबार, पुस २५, २०७५
शास्त्रमा पुजा गर्नका लागि कयौँ विधि उल्लेख गरिएको छ। यदी सहि विधि अप्नाएर पुजा गर्दा त्यसको फल चाँडै प्राप्त हुने धार्मीक विश्वास छ। त्यसैले अब घरमा कुनै विशेष पुजाको आयोजना गरिन्छ, तब कुनै पण्डितको सहयोगमा पुजा आराधना गर्ने गरिन्छ।
त्यसैले हामीले घरमा आफै सामान्य पुजा गर्दा केही कुराको ध्यान दिनु पर्ने हुन्छ। त्यसो गर्दा भगवानको कृपा चाडै प्राप्त हुने विश्वास गरिन्छ।
पुजा गर्नु भन्दा पहिले लिनुपर्छ संकल्प
शास्त्रका अनुसार कुने प्रकारको पुजा गर्नुअघि संकल्प लिन आवश्यक छ। पुजा गर्नुअघि संकल्प नलिए उक्त पुजाको फल प्राप्त नहुने धार्मीक विश्वास छ।
संकल्प बिनै गरेको पुजाको फल इन्द्रदेवलाई
धार्मीक मान्यता अनुसार संकल्न बिना गरेको पुजाको फल इन्द्रदेवलाई प्राप्त हुने गर्दछ। त्यसैले पुजा अगाडि संकल्प लिनु आवश्यक छ। संकल्प लिएर गरेको पुजाको फल मात्र पुजा गर्ने व्यक्तिलाई प्राप्त हुन्छ।
के हो संकल्प लिनुको अर्थ ?
शास्त्रका अनुसार संकल्प लिनुको अर्थ हो, हामी इष्टदेव र स्वएम्लाई साक्षी राखेर संकल्प लिन्छौ, की यो पुजा विभिन्न इच्छा, मनकामना पूर्तीका लागि गरिरेका छौँ, र यो पुजाले अवश्य कामना पुरा हुनेछ। किनकी यो पुरै सृष्टी पञ्चतत्व मिलेर बनेको छ। जसमा भगवान गणेश जल तत्वका अधिपति हुन्। अतः श्रीगणेलाई अगाडि राखेर संकल्प लिनु पर्दछ। ता की श्रीगणेशको कृषाका कारण कुनै बाधा बिना पुजा पुर्ण हुने विश्वास गरिन्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij