मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

२० वर्षअघि स्थापना गरिएको टिस्यू कल्चर ल्याव सञ्चालनमा

  • प्रकाशित मिति : बुधबार, पुस २५, २०७५



  • धनकुटा । धनकुटाको पारिपात्लेस्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्रभित्र २० वर्षअघि स्थापना गरिएको टिस्यू कल्चर ल्याब संचालनमा आएको छ ।

    अमिला फलफूल जातका स्वस्थ्य तथा निरोगी विरुवा उत्पादन गर्ने उद्देश्यसहित २०५५ सालमा ल्याबको स्थापना गरिएको थियो ।

    तर दक्ष प्राविधिक, पर्याप्त उपकरण तथा आवश्यक रसायन खरिद गर्न नसक्दा सो ल्याव सञ्चालनमा आएको थिएन ।

    ल्याब सञ्चालन गर्ने प्राविधिकको दरबन्दीअनुसार कर्मचारी नआएपछि आन्तरिक स्रोत जुटाई प्राविधिक नियुक्ति गरेर ल्याव सञ्चालनमा ल्याएको केन्द्रका वरिष्ठ वैज्ञानिक हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

    ढुसिजन्य सिट्रस ग्रिनिङ्ग रोगको प्रकोप बढेर खस्किएको अमिलाजात फलफूलको उत्पादन र गुणस्तरमा सुधार ल्याउने लक्ष्यका साथ नयाँ स्वस्थ्य विरुवा उत्पादन गर्न ल्यावको स्थापना गरिएको थियो ।

    पूर्णरुपमा दक्ष जनशक्ति र मेसिन उपकरण उपलब्ध हुँदा सो ल्यावबाट बार्षिक १ हजार स्वस्थ र निरोगी अमिलाजात फलफूलको विरुवा उत्पादन गर्न सकिन्छ ।

    पछिल्लो समय अमिलाजात फलफूल सुन्तला, जुनार, कागती र भोगटेमा देखिएको फ्रुड फ्राई, ग्रिनिङ, ब्याक्टेरियल जस्ता रोगको प्रकोपले किसान लगाएको बगैंचा मासिँदै गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij