प्रकाशित मिति : बुधबार, पुस २५, २०७५
दाङ । घोराही उपमहानगरपालिका–४ सवारीकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार राती दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर सवारीकोट नजिकै दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक प्यूठान नौबहिनी गाउँपालिका स्याउलीवाङका २२ वर्षीय रामु बुढा रहेका छन् । उनको शव परीक्षणका लागि राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा राखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij