मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

युवतीहरको छाला किन चाँडै चाउरी पर्छ, यस्तो छ भित्री कारण

  • प्रकाशित मिति : बुधबार, पुस २५, २०७५



  • अक्सर युवाहरु भन्दा युवतीहरुको छाला चाउरी परेको हामीले देखेका छौं । उमेरको परिवर्तन सँगै मानिसहरुको छाला चाउरी पर्नु स्वभाविक नै हो । तथापी कतिपय अवस्थामा महिलाहरुको छाला चाँडै चाउरी परी हरेको हुन्छ । अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं । छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं । कतिले त शल्यक्रिया नै गर्छन् ।

    यी सबैले चाउरीपना लुकाउन तत्कालका लागि केही मात्रामा सघाए पनि गहिराइसम्म गएर समस्या निर्मूल पार्न सक्दैनन् । किनभने यसको मुख्य कारण हाम्रो जीवनशैली र भोजनसँग गाँसिएको हुन्छ ।

    खासमा जवान रहन खासै खर्च वा शल्यक्रिया गर्नु पर्दैन, हामीले आफ्नो जीवनयापनको शैली र भोजनमा ध्यान दिए पुग्छ । हाम्रो शरीर र मस्तिष्कमा हामीले खाने भोजनकै सबैभन्दा बढी प्रभाव पर्छ । जसको तुलनामा कुनै लोसन वा क्रिमको प्रभाव नगन्य हुन्छ ।

    छाला किन चाउरी पर्छ ?

    छाला चाउरी पर्नुका मुख्य दुई कारण छन् । पहिलो हो घामले गर्ने क्षति र दोस्रो उमेरअनुसार आउने परिवर्तन । छालामा हुने कोलाजेनले छालाको संरचना दुरुस्त राख्ने काम गर्छ । तर, निरन्तर घाम पर्नाले कोलाजेनको मात्रा घट्छ । यसको मात्रा घटेसँगै छाला चाउरी पर्न थाल्छ । यसका साथै उमेर सँगसँगै पनि छाला पातलो, सुख्खा हुन्छ र लचकता गुमाउँदै जान्छ ।

    सुरुमा हाम्रो आँखा, गाला, निधार, आँखीभुइँ जस्ता भागको छाला चाउरी पर्न थाल्छ । किनभने यी सबै ठाउँ खुला हुने भएकाले घाम नियमित रुपमा परिरहेको हुन्छ । त्यसपछि प्रदुषण, धूमपान, बढी वजन, पानीको कमी, भोजन, तनाव र जिउने शैलीको प्रभावले छाला छिटै चाउरी पर्न थाल्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij