आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चम्किलो छालाको लागि खानुस् यी फलफूलहरु

  • प्रकाशित मिति : बुधबार, पुस २५, २०७५



  • मानिस बूढो हुनु प्राकृतिक प्रक्रिया हो । बढ्दो उमेरसंंगै छालाको तन्किने खुम्चने क्षमता( इलास्टीसीटी) गुम्नुका साथै छालाको चमक हराउन थाल्छ । यो हुन नदिन धेरैले कृतिम क्रिम तथा लोसनको प्रयोग गर्ने गर्छन् । तर यो भन्दा उत्तम तपाईँकै घरमा पाइने फलफूलनै हुन् सक्छ । के के हुन् ती फलफूलहरु :

    १. सुन्तला :
    orange

    सुन्तलामा प्रसस्त मात्रामा पौष्टिक तत्वहरु पाईन्छन् । त्यसमध्ये एक भिटामिन सी हो जुन कोलाजीन नामक छालाका रेसाहरु बनाउन चाहिन्छ । यति नभई सुन्तलाको रस र बोक्राले छालामा मालिस गर्नाले छालाको प्वालमा जम्मा भएका फोहर हटाई छाला स्वस्थ राख्दछ ।

    २. स्याउ :
    apple

    छालामा चमक ल्याउन स्याउको एकदम ठूलो भूमिका हुन्छ । यसमा हुने करि र भिटामिन सी छालाको लागि फइदा जनक छन् । यति मात्र नभई स्याउमा प्रसस्त मात्रामा पाइने पोटासियम छालाको लागि जरुरी हुन्छ ।

    ३. मेवा :
    papaya-02

    मेवालाई पहिरनको फल पनि भनिन्छ । मेवामा प्रसस्त मात्रामा इन्जाइम र पौष्टिक तत्वहरु पाइन्छन् । यसले तपाईँको छालालाई भर्खरको र ताजा राख्छ । त्यसैगरी मेवाको कालो दानाहरु पिसेर लगाउनाले छालाको बिषादी र मरेका कोषहरु फाल्न मद्दत गर्छ ।

    ४. खर्बुजा :
    watermelon-1

    खर्बुजामा प्रसस्तमात्रामा हुने पानीले शरीरलाई सदैव हाइड्रेटेड राख्न मद्दत गर्छ । यसमा हुने लाइकोपिन, भिटामिन सी र भिटामिन एले छाला बूढो हुनबाट जोगाउँछ । खर्बुजाको रस छालामा लगाउनाले छालामा जम्मा भएका फोहर सफा गर्न र छाला स्वस्थ राख्न मद्दत गर्छ ।

    ५. अनार :
    pomegrant

    आनारमा उच्च मात्रामा प्युनिसिक एसिड, एलाजिक एसिड र एन्टीअक्सीडेन्ट पाइन्छ । यसमा पाइने ओमेगा ३ फ्याक्टी एसिड ले छालाका कोष पुननिर्माण गर्न मद्दत गर्छ । त्यस्तै रातो रक्तकोषको मात्रा बढाई स्वस्थ रक्त प्रवाहको लागि पनि आवश्यक हुन्छ । अनार एक प्राकृतिक मोस्चराइजर भएकाले सुख्खा छालाका लागि पनि यो फाइदाजनक हुन्छ ।–

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij