मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

थगित नगर सभा सुचारु

  • प्रकाशित मिति : बिहिबार, पुस २६, २०७५



  • मधु पौडेल, बाँके २०७५-९-२५

    स्थगित बाके जिल्लाको कोहलपुर नगरपालिकाको चौथे नगरसभा बुधबारबाट सुरु भएको छ ।शनिबार उद्घाटन गरेर स्थगित भएको नगरपालिकाको नगरसभा नगर प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा सुरु भएको नगरसभा बिहीबारसम्म चल्नेछ ।

    बुधबार भएको नगरसभामा नगर सभाका समिति गठन नियमावली २०७५ र नगर स्वास्थ्य ऐन २०७५ पेश गरिएको बताइएको छ । सभामा पेश भएको ऐन र नियमावलीका विषय नगर सभाका सदस्यहरुले अध्ययन गरी आवश्यक संशोधनसहित बिहीबार बस्ने नगरसभाले पारित गर्ने जनाईएको छ ।

    कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवम् नगर सभा सदस्य निम बहादुर चलाउनेले नगर स्वास्थ्य ऐन २०७५ माथि अध्ययन गर्ने २४ घण्टाको समय माग गरे पछि सभाध्यक्ष लुट बहादुर रावतले बिहीबार बिहान १० बजे भित्र नगर स्वास्थ्य ऐन माथि छलफल गर्ने समय थप गरेका थिए ।

    सभामा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाले कोहलपुरको शिर्षकगत आवधिक आय संकलनको विवरण सभामा पेश गरेका छन् । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को चार महिनाको आयका बारेमा जानकारी दिएका थिए ।

    कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म १ करोड ४३ लाख ४९ हजार ७ सय २७ रुपैयाँ राजश्व संकलन गरेको छ । प्रमुख प्रशासकिय अधिकृत देवकोटाले नगरपालिकाको खर्च फाँटवारीका बारेमा पनि जानकारी गराएको नगरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij