मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपालगंजमा स्कुटर रयाली

  • प्रकाशित मिति : बिहिबार, पुस २६, २०७५



  • मधु पौडेल, बाँके २०७५-९-२५

    स्कुटरका् प्रमोशनका लागि नयाँ सुजुकी स्कुटर बर्गम्यान १२५ सिसिको सुजुकीलाई सुजुकी कम्पनीले नेपालगन्जमा स्कुटर ¥यालीको आयोजना गरेको छ ।

    बुधबार बाके जिल्लाको नेपालगन्ज कारकादोंस्थित सुजुकी शो रुमबाट सो ¥यालीको शुरुआत गरिएको थियो ।

    कारकादोंदेखि प्रारम्भ गरिएको स्कुटर ¥यालीले धम्बोजी, बिपी चोक, गणेशमान चोक, चारबाहिनीरोड, सदरलाईन, त्रिबेणीमोड, सेतुबिक चोक हुदैं राँझा पुगी पुनः कारकादों शोरुम अगाडि आएर समापन भएको कम्पनीले जनाएको छ ।

    ¥यालीपश्चात सुजुकी कम्पनीले १२५ सिसिको नयाँ सुजुकी स्कुटर बर्गम्यान बुधवारदेखि नेपालगन्जमा बिक्री बितरण पनि शुरु गरेको जानकारी दिएको
    छ ।

    सुजुकी कम्पनीको नेपालगन्जस्थित आधिकारिक बिक्रेता नेपाल ट्रेड इन्टरनेशनलले औपचारिकरुपमा उक्त स्कुटरको चावी आफ्ना सेवाग्राहीलाई हस्तान्तरण गर्दै बजारमा सार्वजनिक गरेको हो । सुजुकी बर्गम्यान १२५ मा ७५०० आर पि एममा ८.७ बि एच पिको शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित रहेको नेपाल ट्रेड इण्टरनेशनलका सञ्चालक पुष्कल नेपालले जानकारी दिए ।

    स्कुटरको अग्रभागमा डिस्क ब्रेक छ भने ५.६ लिटर ईंधन अट्ने ट्यांकी भएको सञ्चालक नेपालले बताए । नेपालगन्जका लागि आधिकारिक बिक्रेता नेपाल ट्रेड इन्टरनेशनलले लामो समयदेखि जापनीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटर बिक्री बितरण गर्दै आएको छ ।

    सो ब्राण्डमा ५ बर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij