प्रकाशित मिति : बिहिबार, पुस २६, २०७५
मधु पौडेल, बाँके २०७५-९-२५
बाँके जिल्लाको कोहलपुर नगरपालिकाबाट ३० किलो लागुऔषध चरेशसहित ३ जना पक्राउ परेका छन् ।
५ नम्बर प्रदेश अपराध अनुसन्धान ब्यूरोको टोलिले मंगलबार राती कोहलपुर ९ मा रहेको कौशिल्या मेमोरियल हस्पिटल अगाडिबाट उनीहरुलाई लागुऔषध चरेशसहित पक्राउ गरेको हो । सोमबार मात्र ब्यूरोको टोलीको कोहलपुरको पूरानो बसपार्क नजिकैबाट पाटे बाघको छाला र हाडखोरसहित दुई जनालाई पक्राउ गरेकोमा बुधबार लागुऔषध चरेशसहित ३ जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेश बहादुर सिंहका अनुसार पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका ८ का ५२ बर्षीय कालीमान बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका १ का ३८ बर्षीय बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट नगरपालिका ६ का ५० बर्षीय बलबहादुर बुढा रहेका छन् । ३० किलो चरेशसहित पक्राउ परेका उनीहरु भरियामात्र रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले सल्यानबाट लागुऔषध चरेश ल्याउदै गरेका थिए । चरेशसहित पक्राउ परेका तीनैजना माथि थप अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij