प्रकाशित मिति : बिहिबार, पुस २६, २०७५
मधु पौडेल, बाँके २०७५-९-२५
कोहलपुर जेसीज वर्ष २०१९ को नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर जेसीजको ११ औं शाखा अधिवेशनबाट कोहलपुर जेसीज २०१९ का लागि संगिता सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय अध्यक्ष महेश पौडेलले जेसीजले यूवाहरुलाई अनुशासित, लगनशिल, संस्कारयुक्त बनाउनका लागि युवाहरुलाई आधुकि र नयाँ तालिमहरु दिन लागि रहेको बताएका छन् ।
उनले जेसीजमा लागेका यूवाहरुलाई क्षमतावान, अनुशासित, कुशल बनाउँदै आफ्नो घरपरिवार, समाज र राष्ट्मा असल र क्षमतावान नेतृत्व प्रदर्शन गरोस भन्ने उद्देश्यका साथ जेसीज लागि परेको बताए ।
कोहलपुर जेसीज वर्ष २०१९ की अध्यक्ष संगिता सुवेदीले जेसीज १८ वर्षदेखि ४० वर्षसम्मका यूवाहरुको विश्वव्यापी संगठन भएकाले जेसीजले व्यक्तित्व र नेतृत्व विकासमा जोड दिने बताउँदै कोहलपुर जेसीजलाई सफल बनाउनका लागि सबैले साथ दिन अनुरोध गरेकी छिन् ।
सुवेदीको अध्यक्षतामा चयन भएको कोहलपुर जेसीजको कार्यकारिणी उपाध्यक्षमा धुब्र आचार्य र राम प्रसाद पाण्डे चयन भएको छन् उपाध्यक्षमा दिपेन्द्र केसी, राकेश विष्ट, अन्जु न्यौपाने र राम कुमर पौडेल चयन भएका छन् ।
अध्यक्षबाट मनोनित पदाधिकारीहरुमा कानूनी सल्लाहकारमा लुना बुढाथोकी, महासचिवमा संगम खनाल, सचिवमा कपिल शाह, कोषाध्यक्षमा विक्रम भुषाल र सह–कोषाध्यक्षमा सूर्य बस्याल रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij