प्रकाशित मिति : शुक्रबार, पुस २७, २०७५
मधु पौडेल, बाँके
२०७५÷०९÷२८
बाँके जिल्लाको नेपालगंजमा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुको युवाहरुको सहभागितामा युवाहरुको आवश्कता पहिचान सम्वन्धी गोष्ठी सम्पन्न भएको छ ।
जिल्लाका नेपालगंज उपमहानगरपालिका,कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका,जानकी गाउँपालिका, र डुडुवा गाउँपालिकाका युवाहरुको सहभागितामा उक्त गोष्ठी गरीएको हो ।
स्थानिय नियकामा युवाहरुको सहभागिता कस्तो रहेको छ र यसको आवश्यकता के छ भन्ने विषयमा भएको गोष्ठीमा निर्वाचनमा युवाहरुको सहभागिता ,राजनितिामा युवाहरुको भुमिका जस्ता विषयमा छलफल भएको राइजिङ आइडल बाकेका कार्यक्रम अधिकृत विष्णु प्रसाद अधिकारीले बताए ।
नेपाल युवा संस्था संजाल (आयोन)को आयोजना र जिल्ला युवा क्लव संजाल बाकेको स्थानिय साझेदारीमा सम्पन्न भएको सो गोष्ठीमा जिल्ला युवा क्लव संजाल बाँकेका अध्यक्ष आशिष वर्माले सहजीकरण गरेका थिए ।
विभिन्न उमेर समुहका २५ युवाहरुको सहभागिता रहेको कार्यक्रममा युवा महिला संजाल खजुराका अध्यक्ष अरुणा गुरुङ,कोहलपुर नगर स्तरीय युवा संजालका अध्यक्ष कल्पना कार्की ,जिल्ला युवा क्लव संजालका सदस्य अनुज वर्मा लगाएले आफ्ना भनाई राख्नु भएको संजालका सचिव राजन वर्माले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij