मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अम्बाको पातमा हुन्छन् यी चामत्कारिक गुण

  • प्रकाशित मिति : शनिबार, पुस २८, २०७५



  • काठमाडौं । अम्बा एक मीठो फल हो । पाकेर मात्र नभएर काँचै पनि खान सकिने र मीठो हुने यो फलको बोटको पात पनि उपयोगी हुन्छ भन्ने कुरा चाहिं कमैलाई थाहा छ । अम्बाको पात विभिन्न रोग देखि छालालाई सुन्दर बनाउन सम्म उपयोगी हुन्छ । अम्बाको पातले मोटोपन समेत घटाईदिन्छ ।

    अम्बाको पातले मधुमेह रोगलाई भगाउन मद्दत गर्छ । यो पातले शरीरमा अत्यधिक ल्याक्टोज सोस्न र चिनी उत्पादन गर्न कम गरिदिन्छ, जसले गर्दा चिनी रोग भएका बिरामीलाई समेत यो लाभदायक हुन्छ । यी गुणले गर्दा चिनी रोग अर्थात मधुमेह भएका व्यक्ति र मोटोपना घटाउन चाहने व्यक्तिले अम्बाको पातको धुलो खानु राम्रो हुन्छ । यसलाई सुकाएर धुलो बनाएर चुर्णको रुपमा खान सकिन्छ । अम्बाको पातले हाड जोर्नीको दुखाई पनि कम गरिदिन्छ । अम्बाको पातलाई थिचेर दुखेको ठाउँमा लगाउनाले दुखाइ कम हुन्छ । पातलाई थिचेर त्यसलाई तातो बनाएर लगाउनु पर्छ ।

    अम्बाको पातलाई थिचेर त्यसको रस निकाल्ने र त्यसमा थोरै पानी मिलाएर पिउनाले स्वप्नदोषबाट छुटकारा मिल्छ । अम्बाको पातको रसले पखाला निको हुनुका साथै पाचन प्रक्रिया राम्रो बनाइदिन्छ । अम्बाको पातले दांत र गिजाको समस्या पनि समाधान गरिदिन्छ। अम्बाको पात थिचेर, त्यसको रस पिउनाले कोलेस्ट्रोल पनि घटेर जान्छ । अम्बाको पातले एलर्जी पनि निको पारिदिन्छ । यसको नियमित सेवनले एलर्जी आउने सम्भावना पनि हराईदिन्छ ।

    अम्बाको पात सुन्दरताको लागि पनि त्यत्तिकै उपयोगी छ । अम्बाको पात थिचेर डन्डीफोर भएको ठाउँमा लगाउनाले डन्डीफोर निको हुन्छ । अम्बाको पात चपाउनाले मात्र पनि अनुहारमा चमक आउँछ । अम्बाको पात कपालको लागि पनि राम्रो हुन्छ । यसको रस कपालमा लगाउनाले कपाल सिल्की हुने, छिटो बढ्ने हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij