मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अनुहार गोरो र चम्किलो बनाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यो घरेलु उपाय

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०७५



  • काठमाडौं । सुन्दरतालाई विशेष गरि अनुहारसँग जोडेर हेर्ने गरिन्छ । सुन्दर अनुहारले सबैलाई आकर्षित गर्छ । वास्तवमा सुन्दरता अनुहारको रंगमा भन्दा व्यक्तिको सोंचमा लुकेको हुन्छ । तर सुन्दरतालाई अनुहारसंग जोडेर हेरिने प्रचलनले गर्दा धेरै व्यक्तिहरु आफ्नो अनुहारको रंगलाई लिएर चिन्तित हुन्छ।

    साधारणतया धेरै व्यक्तिलाई आफ्नो अनुहार गोरो होस् भन्ने चाहना हुन्छ । गोरो अनुहारका लागि मानिसहरु विभिन्न क्रिम र औषधि प्रयोग गर्ने गर्छन् । महँगो पैसा तिर्न सक्नेले प्लास्टिक सर्जरी समेत गर्ने गर्छन् । क्रिम र औषधिले अनुहार गोरो बनाउन चाहनेलाई केही समय सन्तुष्टि दिएपनि दिर्घकालिन समाधान दिंदैन । यसले छालामा नराम्रो असर पर्ने सम्भावना पनि हुन्छ । त्यस्तै, प्लास्टिक सर्जरी महँगो त हुन्छ न, यसको साथै यो शरीरको स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो मानिंदैन।

    यी सबै समस्याबाट टाढा रहेर अनुहारलाई गोरो बनाउनको लागि घरेलु विधि अपनाउन सकिन्छ । यसको लागि गुलाबजल र कागतीको रसलाई प्रयोग गर्न सकिन्छ । एउटा कचौरामा केही गुलाबजल र केही कागतीको रस मिलाउनुपर्छ । त्यसपछि यो मिक्स अनुहारमा लगाएर केही छिन मसाज गर्नुपर्छ । कम्तीमा बीस मिनेट मसाज गर्दा राम्रो नतिजा पाउन सकिन्छ । बीस मिनेटसम्म मसाज गरिसकेपछि सफा पानीले अनुहार धुनुपर्छ।

    अनुहारमा जमेको फोहोर, मृत कोषिकाले अनुहारलाई थप कालो र चमकहीन बनाइरहेको हुन्छ । कागतीको रस र गुलाबजलको मिश्रणले अनुहारमा भएको फोहोर निकाल्छ । यसले मृत कोषिकाहरु निकाल्छ, अनुहार सफा गर्छ । त्यसैले कागतीको रस र गुलाब जलको मिश्रणले नियमित रुपमा मसाज गर्नाले अनुहार गोरो, दाग धब्बा रहित हुनुका साथै अनुहारको चमक समेत बढ्छ । यसले व्यक्ति आफ्नो वास्तविक उमेरभन्दा जवान देखिन समेत मद्दत गर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij