मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

साइटिका रोगबाट छुट्करा पाउँनका लागि यस्ता छन् जान्नैपर्ने घरेलु उपाय

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०७५



  • एजेन्सी । साइटिका रोग सुन्दा सामान्य लाग्ने तर गम्भीर रोग हो । यस रोगमा कम्मरको नसा दुख्छ, जुन कम्मर देखि मुनिको भाग सबैमा असर गर्छ । साइटिकामा कम्मर देखि पाइतालासम्म दुख्ने गर्छ । ढाड दुख्ने समस्यामा जहाँ दुखाई महसुस गरिन्छ , त्यहाँबाट तलको भागमा दुखाई भयो भने त्यो साइटिका हुन्छ ।

    साइटिकाले दैनिक जीवनमा निकै असर गर्ने गर्छ । यसले गर्दा मानिसहरु दुखाई कम गर्नको लागि औषधि खाइरहने गर्छन् भने हस्पिटलमा गरिएको उपचारले पनि औषधि खाउन्जेल मात्र कम गर्छ । साइटिकाको उपचार घरमै पनि गर्न सकिन्छ । यो उपचार विधिलाई निरन्तर रुपमा अनुशासनमा बसेर अपनाउनुपर्ने हुन्छ । यो घरेलु विधिमा लसुनको दुध प्रयोग गर्ने गरिन्छ ।

    साइटिका उपचारको यस घरेलु विधिमा सुरुमा लसुनका तीन देखि चार केस्रा लिएर त्यसलाई फोक्नुपर्छ । त्यसपछि लसुनलाई राम्रोसंग थिच्नुपर्छ । थिचेको त्यो लसुनलाई रस खेर जना नदिइ, एक गिलास दुधमा राख्नुपर्छ । लसुन मिसाइएको त्यो दुधलाई अब केही छिन उमाल्नुपर्छ । उमालिसकेपछी आफूले सक्ने जति तातो बनाएर पिउनुपर्छ । साइटिकाबाट छुटकारा पाउनको लागि यस दुधलाई छ महिनासम्म हरेक दिन एक गिलास पिउनुपर्छ ।

    लसुन दुध साइटिका मात्र नभएर अन्य कुरामा पनि फाइदाजनक हुन्छ । यसमा भिटामिन इ, क्याल्सियम लगायतका पोशाक तत्वहरु हुन्छन् । यो लसुन दुधले ग्यास्ट्रिक, जोर्नी दुख्ने समस्यालाई पनि फाइदा पुर्याउँछ । यसको साथै दुध नआएर बच्चालाई स्तनपान गराउन नपाएकी सुत्केरी आमालाई यो दुध पिउन दिनाले दुध आउन सुरु हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij