मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेवारी मिठाइका परिकारहरु

  • प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५



  • – राधाकृष्ण व्यञ्जनकार,

    कार्तिक २२, २०७२ राधाकृष्ण व्यञ्जनकार, मंगलबजार

    लाखमरी

    सामग्री

    ताइचिन चामलको पिठो : एक किलो

    घिउ : तीन पाउ

    मास : आधा किलो

    चास्नी : आवश्यकताअनुसार

    विधि

    चामललाई अघिल्लो दिन भिजाउने र भोलिपल्ट पिस्ने । मास पनि रातभरि भिजाएर बोक्रा निकाली बिहान पिस्ने । पिसेको मासमा अलिअलि पानी हालेर फिट्ने । घिउ, चामलको पिठो तथा मास मिसाएर राम्रोसँग फिट्ने । नरम भएपछि स–साना प्वाल भएको कपडामा बाँध्ने । त्यसपछि ताईमा हालेर पकाउने । आकार बनेपछि कराहीमा घिउ तताएर खैरो हुने गरी पकाउने । खैरो भएपछि झिकेर सफा प्लेटमा हाल्ने र सेलाएपछि चिनीको बाक्लो उम्लिएको झोललाई ब्रसले पालिस गरेजस्तै गरी रोटीमा लगाउने । यसरी तयार भएको लाखमरी तिहारमा बढी प्रयोग हुन्छ । यसलाई धेरै महिनासम्म राखेर खान सकिन्छ ।

    अनरसा

    सामग्री

    ताइचिनको चामल : एक किलो

    चिनी : एक पाउ

    तिल : एक पाउ

    घिउ : २ किलो

    विधि

    रातभरि चामल भिजाएर भोलिपल्ट पिस्ने । चिनीलाई बाक्लो हुने गरी पकाउने । चिनी बाक्लो भएपछि त्यसमा पिठो मिसाएर घोट्ने । तयारी पिठो र चिनीको मिश्रणलाई २४ घन्टा त्यत्तिकै राख्ने । भोलिपल्ट पुन: नरम हुने गरी मुछ्ने । सानो गोलो बनाई त्यसमा तिल हालेर हातैले रोटीको आकार दिने । कराहीमा घिउ तताएपछि रोटी हालेर खैरो नहुन्जेल पकाउने ।

    रोट

    सामग्री

    मैदा : एक किलो

    घिउ : ३ पाउ

    बेकन पाउडर : ३ पाउ

    खाने सोडा : एक चम्चा

    विधि

    घिउ, चिनी, बेकन पाउडर र सोडालाई फिटेर त्यसमा पानी र मैदा हाल्दै मुछ्ने । नरम भएपछि कपडाले छोपेर दिनभरि राख्ने । भोलिपल्ट बेल्ने र साइजअनुरूप काटेर घिउमा फ्राई गर्ने । खैरो भएपछि रोट तयार हुन्छ ।

    ल्वाङफूल

    सामग्री

    मैदा : एक किलो

    घिउ : ३ पाउ

    चास्नी : आवश्यकताअनुसार

    नरिवल : आधा पाउ

    केशर : आधा चम्चा

    विधि

    घिउ तताएर मनतातो पारी एक लिटर पानी हाल्ने । उक्त घिउ र पानीमा मैदा मुछ्ने । पिठो तयार भएपछि गोलो बनाएर तीनकुने आकारमा बेल्ने । बेल्दा अलिअलि पानी छ्याप्दै पट्याउँदै थिच्दै जाने । त्यसपछि घिउमा पकाउने । ५–६ मिनेट पकाएपछि निकाल्ने । सेलाएपछि चास्नीमा डुबाउने । चास्नीबाट निकालेपछि माथिबाट नरिवलका मसिना टुक्रा तथा केशर छर्कने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij