प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५
प्रस्तावित कानुन अनसार इच्छा विपरित अलग बस्न बाध्य बनाए एकदेखि तीन महिनासम्म जेल वा १० देखि ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनेछ ।
साथै मागेर खान लगाए तीन वर्षसम्म कैद वा ३० देखि ९० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ। त्यसै गरि आमा बाबुलाई घरबाट निकालेर बेवारिसे बनाए एक देखि ५ वर्षसम्म जेल वा एक देखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने गरिएको छ ।
छोराछोरीले घरबाट निकालेपछि बाबु-आमा सडकमा पुगेको धेरै घटना छ । कतिपय आश्रममा पुगेका छन् भने कतिपय सडकमै मागेर गुजारा दयनीय जिबन बिताइरहेका छन् ।
अब भने यस्ता छोराछोरीहरुले जेल को हावा खान पर्ने भएको छ। सरकारले यस्ता काम गर्नेलाई सजाय दिने ब्यबस्था सहित ऐन संसोधन गरेको हो।
उक्त ऐन अनुसार छोराछोरीले आफ्नो कमाइको निश्चित रकम आमाबाबुको लागि छुट्टाउनु पर्ने ब्यबस्था गरेको छ । साथै आमा बाबुलाई इच्छा विपरित अलग बस्न बाध्य बनाए, मागेर खान पर्ने बनाएमा वा सडकमा बेवारिसे छोडिदिएमा सजाय हुने ब्यबस्था गरेको छ।
जेष्ठ नागरिकको सम्पत्ति लिन वदनियतले काम गरे पनि एकदेखि ५ वर्षसम्म कैद वा विगो बमोजिम जरिवाना हुनेछ । जरिवाना रकम आमाबाबुको बैंक खातामा जम्मा गरिने ब्यबस्था गरेको छ। यदि यो ऐन अनुसार सजायँ पाएको व्यक्तिले फेरि पनि यस्तै गल्ति गरेमा १० प्रतिशत सजायँ थप हुने व्यवस्था गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij