प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५
पर्सा, ३० पुस । ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी आज वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् ।वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उहाँकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो ।
घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएपनि स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको उहाँले जानकारी दिनुभयो ।सो विस्फोटमा कोठामा रहेका समान समेत जलेर नष्ठ भएका छन् ।
ग्यास दुघर्टनाबाट बच्न अपनाउनुहोस् यी ९ सावधानी
खाना पकाउनका लागि ग्यास अनिवार्य बनिसकेको छ । पछिल्लो समय त गाउँगाउँमा समेत ग्यास लिएर राख्ने प्रचलन बढ्दो छ । तर, सही ढंगले ग्यासको प्रयोग नगर्दा यसले ठूलो दुर्घटना पनि निम्त्याउन सक्छ । बुधबार मात्र पनि वीरगन्जको सुपर ग्यास उद्योगमा ठूलो आगलागी भएको छ ।ग्यास अति प्रज्वलनशील पदार्थ भएकाले प्रयोगमा सावधानी अपनाउन जरुरी छ । यसबारे कस्ता सावधानी अपनाउने त ?
१. अहिले बजारमा प्लास्टिकका ग्यास पाइप प्रशस्त मात्रामा पाइन्छन् । यस्तो पाइप सस्तो हुने भएकाले धेरैले प्रयोग गर्ने गरेको पनि पाइन्छ । तर, ग्यासमा प्लास्टिकको नभई रबरको पाइप प्रयोग गर्नुपर्दछ । यो बलियो र छिटो नजल्ने हुन्छ । ग्यास पाइपलाई मुसालगायतले नकाटोस् भनी फलामको रिङले अनिवार्य रूपमा बेर्नुपर्छ र यस्तो पाइप प्रत्येक दुई वर्षमा परिवर्तन गर्न आवश्यक छ ।
२. बजारमा गुणस्तरहीन रेगुलेटरको पनि बिगबिगी छ । त्यसैले, नेपाल गुणस्तर चिह्न अंकित रेगुलेटर मात्र प्रयोग गर्नुपर्दछ । नेपालमा सीमापारिका गुणस्तरहीन रेगुलेटर भित्रिरहेका छन् । यस्ता रेगुलेटरको बिक्रीमा सरकारले पनि बन्देज लगाउन आवश्यक छ ।
३. कहिल्यै पनि कुच्चिएको ग्यास सिलिन्डर प्रयोग गर्नुहुँदैन । सिलिन्डरको म्याद नाघेको छ वा छैन भन्ने विषयमा पनि धयान दिन जरुरी हुन्छ । प्रत्येक १० वर्षमा सिलिन्डरको टेस्ट गरी छाप लगाइएको हुन्छ । यस्ता कुरालाई विशेष ध्यान दिन जरुरी हुन्छ ।
४. ग्यास खरिद गर्दा पनि विभिन्न कुरामा ध्यान दिनुपर्दछ । विक्रेता प्रमाणीकरण गरिएको कम्पनीको आधिकारिक डिलर, डिलरका लागि स्वीकृति दिइएका र सरकारी मापदण्ड पूरा भएका ठाउँबाट मात्र ग्यास खरिद गर्नुपर्छ । सकेसम्म फायरफाइटिङ, तराजु मेसिन अनिवार्य भएको डिलरबाट ग्यास किन्दा जोखिम कम हुन्छ ।
५. व्यावसायिक घरानाहरूमा आवश्यक मापदण्ड बनाई त्यसअनुरूप ग्यासको प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्ता घरानामा अत्यधिक रूपमा ग्यास खपत हुने भएकाले सम्भावित घटनालाई कम गर्नका लागि अक्सिजन र ग्यास ब्यालेन्स गरेर मात्र प्रयोग गर्नुपर्दछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij