मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यसरी बनाउन सकिन्छ एन्टी रिंकल प्याक

  • प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५



  • एक चिया चम्चा मिल्क पाउडर, दुई थोपा बदामको तेल, दुई चिया चम्चा ताजा गुलाबको फूल पिसेर तयार पारिएको पेस्टमा अलिकति मह मिसाउने । काँचो दूधमा कागतीको रस मिसाएर कपासको सहायताले अनुहार सफा गर्ने । त्यसपछि उक्त प्याक अनुहारमा लगाएर २० मिनेटपछि मनतातो पानीले सफा गर्ने ।

    चार चिया चम्चा मजिस्ठा पाउडर, आधा चिया चम्चा मेवाको गुदी, आधा चिया चम्चा अश्वगन्धा पाउडर, केही थोपा बदामको तेल, आवश्यकतानुसार एलोबेरा जेल मिसाई पेस्ट बनाउने र अनुहारमा लगाउने ।

    एक चिया चम्चा महमा एक चिया चम्चा बेसन, दुई चिम्टी बेसार, छ थोपा जैतुनको तेल मिसाएर प्याक तयार पार्ने । यसलाई नियमित रूपमा अनुहारमा लगाउने ।

    दुई टेबल स्पुन मायोनाइसमा आधा चिया चम्चा ग्रयान्ड गरिएको काँक्रा तथा अण्डाको सेतो भाग मिसाएर अनुहारमा लगाउने । १० मिनेटपछि चिसो पानीले पखाल्ने । कागती, भेजिटेबल आयल तथा महको मिश्रण अनुहारमा लगाउने । स्याउलाई लेदो बनाई अनुहारमा लगाउने । सुकेपछि चिसोपानीले धुने । आठ ग्राम बदामको तेलमा १२ ग्राम चन्दन पाउडर, चारवटा अण्डाको सेतो भाग, २५ मिलिलिटर गुलाबजल मिसाई अनुहारमा लगाउने ।

    एउटा नन मेटालिक प्यानमा अण्डाको सेतो भाग फिटेर हाल्ने । त्यसमा थोरै गुलाबजल मिसाई आधा मिनेटसम्म उमाल्ने । त्यसमा बदामको तेल तथा चन्दन पाउडर राम्रोसँग मिसाएर बोतलमा भर्ने । यसलाई थोरै–थोरै मात्रामा नियमित रूपमा अनुहारमा लगाउने । सुकेपछि माथिबाट तल गर्दै निकाल्ने र सफा पानीले अनुहार धोई मोइस्चराइजर लगाउने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij