मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

डा. केसीको स्वास्थ्य थप जटिल बन्दै

  • प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५



  • चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै इलाममा आमरण अनसनरत डा गोविन्द केसीको स्वास्थ्य थप जटिल बन्दै गएको छ । डा केसीको मुटुको चाल अनियमित भएको र शरीरमा अक्सिजनको मात्रा समेत घटेको उपचारमा संलग्न चिकित्सक विजेन्द्रकुमार साहले जानकारी दिनुभयो।

    डा. केसीको दायाँ फोक्सोमा संक्रमण देखिएको र निमोनिया सुरु भएको, घाँटीमा समस्या देखिएको, सुगरको मात्रा कम भएको, रिंगटा लाग्ने, पेट फूल्ने, दुख्ने जस्ता समस्या देखा परेको डा. शाहले बताउनुभयो । डा. केसीलाई तत्काल आईसीयूमा लैजान चिकित्सकले सुझाव दिएका छन् । इलाम अस्पतालमा आईसीयूको व्यवस्था नभएकाले उहाँलाई सुविधासम्पन्न अस्पतालमा लैजान चिकित्सकले सुझाएका छन् । यद्यपि डा केसीले माग सम्बोधन नभएसम्म इलाम नछाड्ने अडान लिनुभएको छ ।

    प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले केसीसँगको सम्झौताविपरीत शिक्षा तथा स्वास्थ्य समितिले विधेयक बहुमतले अनुमोदन गरेपछि डा केसी गत २५ गतेदेखि इलाममा अनशन बस्नु भएको हो । अनशनको सातौं दिन हुँदासम्म सरकारका तर्फबाट भने उहाँको माग सम्बोधनबारे कुनै पहल भएको छैन ।

    यसैबीच माघीको अवसर पारेर प्रदेश ५ सरकारले २ दिन सार्वजनीक विदा दिएको छ । थारु र मगरहरुको बाहुल्य रहेको सो प्रदेशमा प्रदेश सरकारले आज र भोलि विदा दिएको हो । यसअघि माघीमा सार्वजनीक विदा थिएन । माघीको अवसर पारेर हिजो मुख्यमन्त्री कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान समारोहको आयोजना गरिएको थियो । मुख्यमन्त्री शंकर पोखरेलको निवास परिसरमा गरिएको शुभकामना समारोहमा प्रदेश सरकारका मन्त्रालय, मातहत कार्यालयसंगै स्थानीय तहका प्रतिनिधि सहभागी भएका थिए ।

    http://bit.ly/2FyzABV

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij