आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोहली चम्केपछि दोस्रो ओडिआईमा भारतको जित

  • प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५



  • एजेन्सी । घरेलु टोली अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा भारतले जित निकालेको छ । मंगलबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।

    एडिलोडमा अष्ट्रेलियाले दिएको २९९ रनको लक्ष्य भारतले ४ बल बाँकी हुँदा मात्र ४ विके गुमाएर पुरा गर्यो । भारतको जितमा कप्तान विराटकोहलीले १०४ रनको शतकीय इनिङस खेले ।

    यस्तै महेन्द्र सिंह धोनीले नटआउट ५५ रन जोड्दा रोहित शर्माले ४५ तथा शिखर धवनले ३२ रन बनाए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९८ रन बनाएको थियो ।

    अष्ट्रेलियाको उच्च स्कोरमा शन मार्शले शतकीय इनिङस खेले । मार्शले १३१ रनको योगदान दिए । यस्तै ग्लेन म्याक्स्वेलले ४८ रन जोड्दा मार्कस स्टोइनिसले २९ रन बनाए ।

    भारतका भुवनेश्वर कुमारले ४ तथा मोहमद सामीले ३ विकेट लिए ।

    यो जितसंगै भारतले अष्ट्रेलियासंगको तीन खेलको सिरिज ११ को बराबरी गर्न सफल भएका छन् । अब अन्तिम खेलले सिरिज जित्ने टोलीको तय हुनेछ । पहिलो खेलमा भारत अष्ट्रेलियासंग ३४ रनले पराजित भएको थियो ।

    घरेलु टोली अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज भने भारतले जितिसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij