मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मधुमेह रोगीलाई अन्डा

  • प्रकाशित मिति : बुधबार, माघ २, २०७५



  • काठमाडौँ — मधुमेहका बिरामीहरूले अन्डा दिनहुँ खाँदा हुने रहेछ । यस्तो गर्दा उनीहरूलाई कुनै नोक्सान हुँदैन भनेर एउटा पछिल्लो अध्ययनमा दाबी गरिएको छ ।

    अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित उक्त अध्ययनअनुसार, सातामा १२ वटासम्म अन्डा खानाले टाइप–२ डाइबिटिजका बिरामीलाई मुटुको रोगको कुनै जोखिम हुँदैन ।

    अन्डामा कोलेस्ट्रोलको स्तर बढी हुन्छ जसले गर्दा मधुमेहका बिरामीलाई सामान्यत: अन्डा नखाने सल्लाह दिइन्छ । तर अध्ययन अनुसार अन्डाले रगतको कोलेस्ट्रोलको स्तरमा असर गर्दैन ।
    मधुमेहको पूर्वअवस्थामा र टाइप–२ मधुमेहका बिरामीका लागि अन्डा खाने सुरक्षित स्तर के होभन्ने विषयमा वैज्ञानिकहरूबीच मतभेद छ, तैपनि अध्ययनले औँल्याएको छ— यदि अन्डा तपाईंको नियमित खानपानको अंग बनिसकेको भए खान नरोक्दा हुन्छ ।

    अन्डा प्रोटिन र सूक्ष्म पोषक तत्त्वको राम्रो स्रोत हो । यो खाँदा थुप्रै फाइदा हुन्छ। यो आँखा र मुटुक स्वास्थ्यका लागि राम्रो छ नै, रक्तवाहिनीलाई स्वस्थ राख्नसमेत सघाउँछ। गर्भावस्थामा चिकित्सकहरू अन्डा खान सल्लाह दिन्छन्।यसको सेवनको सल्लाह दिइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij