मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

इन्टरनेट सेवा प्रदायक संघको आपत्ति

  • प्रकाशित मिति : बुधबार, माघ २, २०७५



  • काठमाडौं, माघ २ । नेपाल विद्युत् प्राधिकरणले प्रयोग गर्न दिइरहेको पोल तथा ओपीजीडब्ल्यू फाइबर प्रयोग गरेवापतको भाडादरमा अस्वाभाविक वृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आपत्ति जनाएका छन् ।

    इन्टरनेट सेवा प्रदायक संघ नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बिनाआधार ५०० प्रतिशतसम्म भाडा बढाएको भन्दै आपत्ति जनाएको हो ।

    पत्रकार सम्मेलनमा कम्पनीहरुले कुनैपनि हालतमा बढाएको अस्वाभाविक भाडा नतिर्ने भन्दै यसमा व्यावहारिकता ल्याउन सरोकारवाला पक्षलाईसमेत समेटेर उच्चस्तरीय समिति बनाउन माग गरे ।

    सो समितिले दिएको सुझावका आधारमा व्यावहारिक भाडा तिर्न आफूहरु तयार रहेको उनीहरुले बताएका छन् ।

    यसअघि, सरकारले आर्थिक वर्षको बजेटमा १३ प्रतिशत सेवा शुल्क लागू गरेकामा त्यसलाई सन्चार मन्त्रालय, नेपाल दूरसन्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघले आपसी समझदारीमा समायोजन गर्ने सहमति कार्यान्वयन भइसकेको छ ।

    प्राधिकरणले सन्चालक समितिको गत असार २६ गते बसेको बैठकको निर्णयानुसार १५ दिनभित्र सहमति गर्न आउन भन्दै गत पुस १९ गते नै सबै इन्टरनेट प्रदायकहरुलाई पत्र काटेको थियो ।

    यही माघ ४ गतेसम्म सहमति नगरे प्राधिकरणले नियमानुसार कारबाही गर्ने जनाएको छ ।

    प्रदायकहरुले प्राधिकरणको नियमानुसार भाडा तिर्ने हो भने उपभोक्ताले तिर्नै नसक्ने गरी इन्टरनेट सेवा महँगो हुने दाबी गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij