आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कानबाट थाहा हुन्छ मान्छेको स्वभाव, कस्तो छ तपाईंको कान ?

  • प्रकाशित मिति : बुधबार, माघ २, २०७५



  • काठमाडौं । समुद्रशास्त्रअनुसार मनुष्यको हरेक अंगले उसको स्वभावका बारेमा केही न केही अवश्य भन्छ। अर्थात्, कुनै मानिसको शरीरमा ध्यान दिएर हेर्दा उसको बारेमा धेरै कुरा सजिलै भन्न सकिन्छ।

    कानले पनि मानिसको स्वभावलाई मजाले व्यक्त गर्छ। यो ज्ञानेन्द्रियको एक भाग बाहिर देखिन्छ भने अर्को भाग शरीरभित्र लुकेको हुन्छ।

    सानो कान
    सानो कान हुने मानिस बलिया हुन्छन् । यिनीहरूमाथि विश्वास गर्न सकिन्छ । यिनीहरू कलाको क्षेत्रमा रुचि राख्छन् । यिनीहरू मिलनसार र धनी हुन्छन्।

    ठूलो कान
    ठूलो कान भएका मानिस कर्मठ र व्यावहारिक हुन्छन् । तर कहिलेकाहीँ यिनीहरू अग्घोरै रिसाउँछन् । यिनीहरूलाई कुनै पनि काम ढिलो भएको मन पर्दैन। सबै काम व्यवस्थित तरिकाले गर्नुपर्ने मान्यता उनीहरूको हुन्छ।

    चौडा कान
    यस्ता मानिस जिन्दगीमा सुख, समृद्धि र ऐश्वर्य प्राप्त गर्छन् । यिनीहरू अवसरवादी पनि हुन्छन्। यिनीहरूको साथी कम हुन्छन् । पढेलेखेका र उच्च पदमा रहेका हुन्छन् यिनीहरू।

    कसैको कान मास्तिर उठेको छ भने लजालु र संकोची हो भनी बुझ्नुपर्छ। कान गर्दनतिर झुकेको छ भने त्यस्तो मान्छे सतर्क, सावधान, शंकालु र मौन किसिमको हुन्छ।

    कानको बीचको भाग थिचिएको छ भने उक्त व्यक्ति अपराधी प्रवत्तिको हुन सक्छ । यस्ता मान्छेले आफ्नो व्यवहारका कारण अरूलाई दुःखित तुल्याउँछन्। मानिसहरू यिनीहरूसँग कुनै सम्बन्ध राख्न चाहँदैनन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij