मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सवारी दुर्घटनामा ८ वर्षीय बालकसहित २ जनाको मृत्यु…..

  • प्रकाशित मिति : बिहिबार, माघ ३, २०७५



  • विराटनगर– मोरङ्ग र झापामा भएको सवारी दुर्घटनामा ८ वर्षीय बालकसहित २ जनाको मृत्यु भएको छ। मोरङको केराबारी–८ चोक बजारमा को २ च १९३५ नम्बरको पिकअपले ठक्कर दिँदा स्थानीय होमबहादुर भण्डारीका छोरा ८ वर्षीय समिर भण्डारीको घटनास्थलमै मृत्यु भएको छ।

    पिकअप र चालक सुन्दरहरैचा नगरपलिका ६ का मनिष श्रेष्ठलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ।

    यसैगरी झापाको मेचीनगर नगरपालिका ७ पालिया पुल छेउमा भएको सवारी दुर्घटनामा भारतीय नागरिक ४५ बर्षीय डेनीजोन शर्माको मृत्यु भएको छ। उनी हाल सोही ठाउँमा बस्दै आएका थिए।

    बाटो काट्दै गरेका शर्मालाई पश्चिम जाँदै गरेको ना ३ ख ४३९३ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ। ट्यांकर र चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij