प्रकाशित मिति : बिहिबार, माघ ३, २०७५
अनुहारमा देखिने रौँले कितपयलाई आफ्नो सुन्दरता प्रति निकै चिन्ता पर्ने गर्छ । कतिपयले सुन्दर देखिनककै लागि अनुहारमा आएको मसिना रौँलाई हटाउन केमिकलयुक्त प्रोडक्टको प्रयोग गरिरहेका हुन्छन् जसले केही समय मात्र काम गर्ने हुन्छ ।
तर हामी आज कसैलाई निधारभरि उम्रिएको रौँले तनाव दिएको छ भने त्यसबाट मुक्ति पाउने घरेलु उपाय बताउन गईरहेका छौँ ।
पहिलो उपाय
मैदा, सुजी पाउडर, पाउडर दूध र अन्डाको सेतो भाग एक–एक चम्चा तयार पार्नुहोस् । सबै सामग्री एकै ठाउँमा मिलाएर राम्रोसँग फिट्ने । तयार पारिएको पेस्ट प्रयोग गर्नुअघि अनुहार सफा गरेर पुछ्ने । पेस्टलाई अनुहारमा लगाउने । लगाएको प्याक राम्रोसँग सुकेपछि पानीले भिजाउँदै हल्कासँग मिच्दै रिमुभ गर्ने ।
यो विधि चिल्लो छाला भएकाले पाँच दिनमा एकपटक गर्दा पनि फरक पर्दैन । नियमित यो मन्त्र प्रयोग गरे अनुहारमा भएका मसिना रौँ पनि हराएर जान्छन् । ड्राई स्किन छ र निकै बाक्लो रौँ छ भने सुरुमा हप्तामा एकपटक सफा गर्नु ठीक हुन्छ । पछि पन्ध्र दिनमा एकपटक र लामो समयपछि महिनामा एकपटक यो मन्त्र अपनाउँदा पनि हुन्छ ।
दोस्रो उपाय
बजारमा पाइने कोल्ड वाक्स र हट वाक्स एक–एक चम्चा लिने । यसमा ओलिभ आयल मिसाउने र पेस्ट तयार पार्ने । यो पेस्टलाई अनुहारमा लगाउने । १०–१५ मिनेटसम्म अनुहारमै रहन दिने । यसपछि हल्का मिच्दै निकाल्ने र पानीले पखाल्ने । अनुहारको रौँ गायब हुन्छ ।
प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
अनुहारको छाला अन्य भागको भन्दा संवेदनशील हुन्छ । त्यसैले यी मन्त्र अपनाउँदा आँखा, आँखीभौँ र परेला जोगाउनुपर्छ । विशेष गरी दोस्रो मन्त्र प्रयोग गर्दा यो कुरामा बढी सचेत हुन जरुरी छ । यी ठाउँमा वाक्स पर्नु हुँदैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij