मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बिग्रेका बच्चालाई यसरी सुधार्नुस्

  • प्रकाशित मिति : शुक्रबार, माघ ४, २०७५



  • काठमाडौं । आमाबुवा नै बच्चाहरूको पहिलो शिक्षक हुन्। बच्चाहरूले सबभन्दा धेरै समय आफ्नै आमाबुवासँग बिताउँछन् र बाल्यकालमा बच्चाले सिक्ने भनेकै आमाबुवाबाट हो।

    त्यसैले प्रत्येक आमाबुवाले बच्चाहरूलाई राम्रो संस्कार दिनुपर्छ। बच्चाले केही गल्ती गरेमा मानिसहरूले आमाबुवाले संस्कार नसिकाएर नै त बिग्रेको हो भनिदिन्छन्।

    कुनै कुनै बच्चा चाहिँ असाध्यै जिद्दी हुन्छन् । अनि उमेर बढ्दै जाँदा उनीहरूको स्वभाव पनि बदलिन्छ । तपाईंको बच्चा पनि जिद्दी छ वा उसको स्वभावमा केही परिवर्तन देखिरहनुभएको छ भने यहाँ बताइएका टिप्स अपनाएर सुधार्नुस्।

    राम्रो व्यवहार देखाउनुस्
    बच्चाले जे मन लाग्यो त्यही गर्न थाल्यो भने उसलाई ठटाएर वा बेस्सरी गाली गरेर आफ्नो क्रोध उसमाथि नउतार्नुस् । यसले बच्चामा खराब असर पार्छ । उसको कोमल मनमा के गढ्छ भने आफूले जे गरे पनि पिटाइ खाइहालिन्छ र ऊ जिद्दी हुँदै जान्छ । त्यसैले बच्चालाई प्रेमपूर्वक सम्झाउनुस्।

    बच्चाको साथी बन्नुस्
    बच्चालाई के मन पर्छ के मन पर्दैन त्यसको पूर्ण विचार गर्नुस् । समय निकालेर उससँग खेल्नुस् र खेलखेलमै उसलाई ज्ञानका कुरा सिकाउनुस् । यसले गर्दा बच्चा तपाईंको निकट हुन्छ र उसले जिद्दी ग–यो भने पनि तपाईंले उसलाई सजिलै सम्झाउन सक्नुहुन्छ ।

    सही शारीरिक भाषा
    कहिलेकाहीँ स्कूलमा वा घरमा मानिसहरू सानो सानो कुरामा बच्चालाई पिटिरहन्छन् । यसो गर्दा बच्चा इरिटेट हुन्छ । त्यसैले बच्चाँग सही बडी ल्याङ्ग्वेज वा शारीरिक भाषा अपनाउनुपर्छ । नभए बच्चाले खराब बानी सिकेर तपाईंको नक्कल गर्न थाल्छ ।

    रोलमोडल बन्नुस्
    बच्चालाई दिनदिनै केही न केही नयाँ कुरा सिकाउनुस् । तपाईं असाध्यै व्यस्त हुनुहुन्छ भने पनि सप्ताहान्तमा बच्चाका लागि समय अवश्य निकाल्नुस् । बच्चालाई एक्लोपनको अनुभव हुन नदिनुस् । तपाईंलाई उसलाई ध्यान दिनुभयो भने उसले तपाईंसँग नजिकिन मन पराउँछ ।

    बच्चालाई सरप्राइज दिनुस्
    आमाबुवाले समय छुट्ट्याउन नसक्दा बच्चाहरूले आफूलाई उपेक्षित ठान्छन् । त्यसले गर्दा उनीहरूको व्यवहारमा परिवर्तन आउन थाल्छ । त्यसैले विद्यालयमा बच्चाहरूले राम्रो प्रदर्शन गरे भने समयसमयमा उसले चाहेको जस्तो वस्तु ल्याएर दिनुस् । उसको हरेक क्रियाकलापमा तपाईंको नजर छ भन्ने अनुभव गराउनुस् । मौका आउनेबित्तिकै प्रशंसा गर्न नभुल्नुस्।

    प्रेमपूर्वक सम्झाउनुस्
    बच्चाले गलत क्रियाकलाप ग–यो वा कुनै कुराका लागि जिद्दी ग–यो भने आँखा तर्नुभन्दा प्रेमपूर्वक सम्झाउनु ठीक हुन्छ । बच्चालाई उसकै अगाडि अर्को बच्चासँग तुलना नगर्नुस् । ऊ तपाईंका लागि विशेष हो भनी सम्झाउनुस् । यसो गर्दा बच्चा तपाईंनिकट हुन्छ र उसको खराब व्यवहार पनि सुध्रिन्छ।एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij