आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इण्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा

  • प्रकाशित मिति : शुक्रबार, माघ ४, २०७५



  • काठमाडौँ । इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

    कूल १२० रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा मात्र २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भएको थियो। ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । उसका चार खेलाडीले खाता खोल्न सकेनन्।

    नेपालको लागि कप्तान रुबिना क्षेत्रीले तीन, कविता कुँवर, नेरी थापा, सीता रानामगर र सरिता मगरले एक÷एक विकेट लिएका थिए । प्रतियोगितामा नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इण्डोनेसिया समूह ‘बी’को उपविजेता बनेको थियो।

    एघार रन बनाउँदा इण्डोनेसियाले पहिलो विकेट गुमाएको थियो भने दोस्रो विकेट १९ रन, त्यसपछि आठ रन जोड्ने क्रममा इण्डोनेसियाले आठ विकेटनै गुमाउन पुगेको थियो । ९२ रनको जित, टि–२० अन्तर्राष्ट्रिय नेपाली महिला टिमको सबैभन्दा ठूलो रन अन्तरको जित हो।

    विकेटको आधारमा प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । सीताले बनाएको ४८ रन कुनै पनि नेपाली महिला खेलाडीको टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत योगफल हो। यसअघि सीतालेनै युएईसँग बनाएको ३७ रन सर्वाधिक व्यक्तिगत योगफल थियो।

    यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १२० रन बनाएको थियो । नेपालले पुरै २० ओभर खेल्दै तीन विकेट गुमाएर १२० रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले उकृष्ट ब्याटिङ गर्दै ४८, काजल श्रेष्ठले १४ रन बनाइन् । यस्तै इन्दु बर्मा ३७ अविजित रहिन्।

    अब नेपालले शनिबार हुने फाइनल खेलमा आजै हुने दोस्रो सेमिफाइनल थाइल्याण्ड र युएईबीचको विजेतासँग खेल्नेछ । समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई छ विकेटले, तेस्रो खेलमा युएइलाई छ विकेटले र अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले हराएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij