मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यो त हद भयो ! युवाहरुले यस्तो गर्दा रहेछन् बाथरुममा

  • प्रकाशित मिति : शुक्रबार, माघ ४, २०७५



  • आजको जमानामा मोबाइल फोनविनाको जीवन अधुरो नै हुन्छ भन्दा फरक पर्दैन । मोबाइल जीवनको अभिन्न अंग बनिसकेको छ । खाली समय मिल्यो कि गोजीबाट मोबाइल फोन निकालेर इन्टरनेट खोलिहाल्छौँ हामी । सायद मानिसले मोबाइल फोन नचलाउने त्यस्तो कुनै ठाउँ नै छैन, चाहे त्यो शौचालय होस् वा अन्तरंग कार्य गरिरहेको शयन कक्ष।

    एक नयाँ तथ्यांक अनुसार, ४० प्रतिशत युवायुवतीहरुले आफ्नो अफिसको बाथरुममा समेत मोबाइल फोन चलाउँदछन् । सर्भेअनुसार अफिसको बाथरुमभित्र मोबाइल चलाउनेमध्ये ५५ प्रतिशतले फेसबुक चलाउने तथा ४३ प्रतिशतले ह्वाट्सएप चलाउने गर्छन् । तीमध्ये नै ४० प्रतिशतले ट्वाइलेट बसेर अनलाइनमा समाचार वा अन्य कुरा पढ्दछन् । १३ प्रतिशतले क्यान्डी क्रस खेल्नका लागि ट्वाइलेटमा मोबाइल चलाउँछन् भने ११ प्रतिशतले पोकेमोन गो खेल्दछन् ।

    सर्भेक्षण अनुसार धेरै युवायुवतीले अफिसको बाथरुममा छिरिसकेपछि मोबाइल चलाउने धुनमा हात धुन पनि बिर्सिन्छन् ।

    ह्युम रिसोर्स अनलाइनले ५ हजार मानिसमा गरेको विश्वव्यापी सर्भेक्षण अनुसार १६ प्रतिशत कर्मचारीले अफिसको ट्वाइलेट प्रयोग गरिसकेपछि हात नै धुँदैनन् । जबकि २५ प्रतिशतले केवल १० सेकेण्ड मात्र पानीमा हात चोप्दछन् ।

    सर्भे अनुसार १२ प्रतिशत कर्मचारीले त अफिसको बाथरुमभित्रै खाने-पिउने गर्दछन् । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij