प्रकाशित मिति : शुक्रबार, माघ ४, २०७५
जति खानपानमा ध्यान दिन सक्यौँ त्यति नै शरीर स्वस्थ हुने गर्दछ। हामीले खानपानमा ध्यान दिदा पदै पनि कुन समय के कुरा खाने भन्ने समस्याले गर्दा स्वास्थ्य राम्रो हुनेको साटो झन बिग्रिन सक्छ। त्यसैले विशेष गरी बिहान खाली पेटमा के खाने के नखाने भन्ने बारेमा धेरैलाई ज्ञान नहुने गर्दछन्। डा शालिनी गार्बिनले यस बारेमा कुरा सुझाव दिएकी छिन् ः
खाली पेटमा नखानुहोस् यी खानेकुरा
केरा ः केरामा म्याग्नीसियम भरपुर मात्रामा पाइने गर्दछ। त्यसैले खाली पेटमा केरा खाँदा रगतमा मिनरल्सको मात्राबढ्न सक्छ र जसका कारण हृदयमा नकारात्मक असर पड्ने गर्दछ।
दही ः दहीमा भरपुर मात्रामा प्रोबायोटिक्स पाइने गर्छ। तर खाली पेटमा दही खादा दहीमा भएको हाइड्रोक्लोरिक एसिडले स्वास्थ्य ब्याक्टेरियालाई हानी पुर्याउने गर्दछ।
अमिलो फल ः खाली पेटमा अमिले फल जस्तै कागती, निमुवाको सेवन गर्नु हुँदैन्। यस्ता फलले साइट्रिक एसिड म्यूकस मेम्ब्रेनको क्षति पुर्याउने गर्दछन्।
के खाने ?
सुख्खा तथा पोषिलो खाने कुरा ः बदाम, किसमिस, ओखर, काजु जस्ता सुख्खा तथा पोषिलो खानेकुरा खानु स्वास्थ्यका लागि निकै लाभदायिक हुने गर्दछ। यस्ता बस्तुमा भिटामिन, खनिज, ओमेगा ३ जस्ता पोषण तत्व पाउने गर्दछन्।
मह ः खाली पेटमा महको सेवन गर्नु निकै लाभदायिक हुन्छ। यसमा खनिज,एसिड, भिटामिन तथा रोगाणुरोधी तत्व भरपुर मात्रामा पाइने गर्दछ। जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा पाचन सम्बन्धी विरामीको खतराबाट कम गर्ने गर्दछ।
तरबुजा ः इलेक्ट्रोलाइट तथा तरलताको स्तरठिक राख्नकालागि तरबुजा सेवन निकै लाभदायिक हुने गर्दछ। जसमा फ्लेवेनोइड नामक एन्टीअक्सीडेन्ट हुने गर्दछ। जसले क्यान्सर तथा अंगको संक्रमणबाट बचाउने गर्दछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij