मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जानिराखौँ : ओठबारे १५ रोचक तथ्य

  • प्रकाशित मिति : शनिबार, माघ ५, २०७५



  • मानव शरीरका अंगमध्ये ओठ सबैभन्दा संवेदनशील हुन्छ । सौन्दर्यमा महत्वपूर्ण भूमिका राख्ने ओठ व्यक्तिअनुसार विभिन्न आकारका हुन्छन् । तर, ओठबारे कैयौँ तथ्य छन्, जुन तपाईं अधिकांशलाई थाहा नहुन सक्छ :

    स्वामी ज्ञानमित्र
    -ओठमा कहिल्यै पसिना आउँदैन, किनभने पसिना ग्रन्थि नै हुँदैन । ओठमा डन्डिफोर पनि आउँदैन।

    -औँलाको छापजस्तै ओठको छाप पनि कसैको कसैसँग मिल्दैन ।

    -उमेर बढ्दै जाँदा ओठ भने पातलो हुँदै जान्छन् । शरीरमा कोलाजन निर्माणमा आउने कमीले यस्तो हुन्छ । कोलाजनकै कमीले ओठको कमलोपनमा पनि ह्रास आउँछ ।

    -ओठले मानिसको कामुकताबारे जानकारी दिन्छ । खासगरी महिलाको ओठको आकारले उनको कामुकता दर्साउँछ ।

    -मानव शरीरको छालामा १६ वटा तह हुन्छन् । तर, ओठमा भने तीनदेखि पाँचवटासम्म मात्रै तह हुन्छन् । यही कारण ओठ राता र गुलाबी हुन्छन् ।

    -शरीरमा पानी कम हुँदा ओठ सुक्ने गर्छ । शरीरमा भिटामिन ‘बी’को कमीले ओठ सुक्ने तथा फुट्ने समस्या देखा पर्छ । आइरन वा फोलेटको कमीले पनि फुट्छ ।

    -माथिल्लो ओठको संरचनामा आर्बिकुलरिस ओरिस मसल्स पनि हुन्छन् । पित्तल, बाँस अथवा काठबाट बनेका वाद्ययन्त्र बजाउँदा वा सिटी फुक्दा यिनै मसल्सले संकुचित बनाउँछन् ।

    -शरीरमा नसा समाप्त हुने स्थान संवेदनशील हुन्छन् । ओठमा धेरै नसाको अन्त्य हुन्छ । त्यसैले संवेदनशील हुन्छ । ओठमा झन्डै १० लाख नसा हुन्छन् । ओठ औँलाभन्दा १०० गुणा बढी संवेदनशील हुन्छ ।

    -ओठको क्यान्सर हुने सम्भावना महिलाभन्दा पुरुषमा बढी हुन्छ ।

    -टेक्सासका एकजना एन्थ्रोपोलोजिस्ट (मानव विशेषज्ञ) डा. भाउगन ब्रियन्टका अनुसार चुम्बन गर्ने चलन भारतबाट प्रारम्भ भएको हो । अलेक्जेन्डर द ग्रेटका सैनिकहरूले भारत आउँदा चुम्बन गर्न सिके र संसारभर यसको प्रसार भयो ।

    -फ्रान्सका समाजशास्त्रीहरूले आफ्नो अध्ययनबाट पत्ता लगाए कि रातो ओठ भएका महिलाहरूप्रति पुरुष बढी आकर्षित हुन्छन् ।

    -ओठको चुम्बनले मस्तिष्कमा डोपामाइन रसायन स्रावित हुन्छ । डोपामाइन मानव शरीर र मस्तिष्कमा आनन्द, उल्लास, उत्साह, सुखको

    -आभास, परम आनन्द अनुभूतिको उत्प्रेरक हो । यसैकारण मानिस चुम्बन गर्न लालायित रहन्छ ।

    -आमाहरूले आफ्ना शिशुलाई आफ्नै मुखबाट भोजन गराउने आदिम चलन नै पछि गएर चुम्बनमा विकसित भएको वैज्ञानिक अवधारणा छ।

    -चुम्बनले पाचनक्रियालाई सघाउँछ । यसका अतिरिक्त भोक, निद्रा, स्मृतिमा पनि मद्दत पुग्छ । चुम्बन गर्दा निस्कने हुने सेरोटोनिनले यो भूमिका निर्वाह गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij