मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जब माता सीताले लक्ष्मणलाई निल्नुभयो

  • प्रकाशित मिति : आइतवार, माघ ६, २०७५



  • मर्यादा पुरुषोत्तम श्रीरामले रावणको वध गरेर माता सीतालाई अवधपुरी ल्याउनुभएपछिको कुरा हो । त्यतिखेर अयोध्या नगरीलाई भव्य रूपमा सजाइएको थियो । उत्सव मनाइँदै गर्दा सीताजीले एउटा कुरा सम्झिनुभयो । वनवास जानुपूर्व सरयू नदीसँग उहाँले वाचा गर्नुभएको थियो, फेरि आफ्नो पति र देवरका साथ सकुशल अयोध्या आएँ भने हजुरको विधिवत पूजाअर्चना गर्छु ।त्यसका लागि सीताजी लक्ष्मणलाई साथमा लिएर सरयू नदी पुग्नुभयो । उहाँले लक्ष्मणलाई जल ल्याउन लगाउनुभयो । लक्ष्मण जलका लागि घडा लिएर सरयू नदीभित्र पस्नुभयो । उहाँले जल भर्दै गर्दा सरयूको जलबाट अघासुर नामक राक्षस निस्कियो र उसले लक्ष्मणलाई निल्न खोज्यो ।

    सीताले यो देखेपछि अघासुरले निल्नुअघि नै आफैंले लक्ष्मणलाई निल्नुभयो । लक्ष्मणलाई निलेपछि उहाँको शरीर पूरै गलेर जल बन्यो । अदृश्य बसेर हनुमानजीले यो सबै घटना हेरिरहनुभएको थियो । सीताजीको तनरूपी जललाई हनुमानजीले घडामा भरेर श्रीरामसमक्ष ल्याउनुभयो र सबै घटनाक्रम सुनाउनुभयो ।

    यो सुनेपछि श्रीरामले हाँस्दै भन्नुभयो, ‘हे हनुमान्, सबै राक्षसलाई त मैले मारिसकें र यो अघासुर पनि मेरै हातबाट मर्ने नै थियो । यसलाई महादेवबाट वरदान प्राप्त भएको थियो । त्रेतायुगमा सीता र लक्ष्मणको शरीर एक तत्त्वमा परिणत भएपछि त्यही तत्त्वले यो राक्षसको वध गर्नेछ र त्यस तत्त्वलाई रुद्रावतारी हनुमानले अस्त्रका रूपमा प्रयोग गर्नेछन् । त्यसैले तत्कालै यो जललाई सरयू जलमा आफ्नै हातल् प्रवाहित गरिदेऊ । यो जल सरयूसँग मिसिँदा अघासुरको मृत्यु हुन्छ र सीता तथा लक्ष्मणले आफ्नो शरीर प्राप्त गर्छन् ।’

    हनुमानजीले घडाको जललाई आदि गायत्री मन्त्रबाट अभिमन्त्रित गरेर सरयूको जलमा प्रवाहित गर्नुभयो । घडाको जल सरयूमा मिसिँदा भयंकर ज्वाला उत्पन्न भयो र अघासुर त्यसैमा जलेर म–यो । अनि सरयूले फेरि सीता र लक्ष्मणलाई नवजीवन दिनुभयो ।
    स्रोतः लोकान्तर डट कम

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij