मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तपाईं गलत तरिकाले सुतिरहनुभएको त छैन ? यो हो सहि तरिका

  • प्रकाशित मिति : सोमवार, माघ ७, २०७५



  • एजेन्सी । आरामको लागि निन्द्रा सबैभन्दा महत्वपूर्ण हुन्छ । राम्रोसंग सुत्ने, राम्रो निन्द्रा लिने व्यक्ति शारीरिक तथा मानसिक थकानबाट मुक्त हुन्छ । यसले गर्दा ऊ स्वस्थ त हुन्छ नै, काममा पनि प्रभावकारिता बढ्छ । सुत्नु भन्दा पनि कसरि सुतेको छ र कत्तिको गहिरो निन्द्रा लिएको छ भन्ने कुराले यो निर्धारण गर्छ ।

    विश्वका ४० प्रतिशत भन्दा बढी व्यक्ति खुट्टा खुम्च्याएर सुत्ने गर्छन् । यसरि सिधा नसुतेर खुट्टा खुम्चाउँदा घुंडा दुख्ने समस्या आउँछ । त्यस्तै, यसरि सुत्दा ढाड पनि कुप्रो पर्छ । यो तरिकाले नसुत्नु नै राम्रो हुन्छ । तर यदि त्यो बानी छुटाउन सकिंदैन भने घुंडाको बीचमा सिरानी राखेर सुत्ने गर्नुपर्छ । यसरि सुत्दा ढाड पनि सिधा हुन्छ र घुंडाको जोर्नी दुख्ने समस्या पनि हुँदैन ।

    धेरैजसो व्यक्ति दायाँ तर्फ या सिधा भएर सुत्ने गर्छन् । दायाँ तर्फ सुत्दा धेरैलाई सहज लाग्छ । तर दायाँ तर्फ फर्किएर सुत्नु भनेको वैज्ञानिक दृष्टिकोणले गलत हो । हाम्रो शरीरको दायाँ भाग भन्दा बायाँ भाग बढी बलियो हुन्छ । यसले गर्दा दायाँ तर्फ सुत्दा हाम्रो कमजोर भागले काम गर्न थाल्छ र हाम्रो निन्द्रा पुग्दैन ।

    शरीर भित्रको काम सुस्त गतीमा हुनुले हामी गहिरो निन्द्रामा जान तथा आराम महसुस गर्न सक्दैनौं । बायाँ तर्फको भाग बलियो हुने हुनाले हामी बायाँतर्फ फर्किएर सुत्दा हाम्रो शरीरले द्रुत गतीमा काम गरिरहेको हुन्छ र हामीलाई आराम महसुस हुन्छ । बायाँ भागले हाम्रो शरीरको विकार पनि सबै बाहिर ल्याइदिञ्छ।

    हामीले खाएको खाना बायाँ भागमा हुन्छ । दायाँ तर्फ फर्किएर सुत्दा त्यो खाना बसेको ठाउँ खलबलिन्छ । खाना छिटो पच्न थाल्छ र अम्लीय पदार्थ उत्पन्न हुन थाल्छ । बायाँ भागतर्फ फर्किएर सुत्दा हामीले खाएको खाना राम्रोसंग पच्छ, किनकी त्यो सही स्थानमा रहेको हुन्छ । त्यसैले गर्दा हाम्रो पाचनशक्ति बढ्छ र पेटसम्बन्धि समस्या पनि हट्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij