मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बच्चाले हानेको ढुङ्गाले लागेपछि बुद्धले रुँदै यसो भने

  • प्रकाशित मिति : सोमवार, माघ ७, २०७५



  • एकदिन जङ्गलको एउटा आँपको रूखमुनी गौतम बुद्ध आराम गरिरहेका थिए। त्यसैबेला एक हुल बच्चाको समूह आएर आँपको रूखमा ढुङ्गा हान्दै आँप झार्न लागे।

    दुर्भाग्यवश उनीहरूले हानेको एउटा ढुङ्गाले बुद्धको टाउकोमा लाग्यो र रगत निस्किन थाल्यो। अब बुद्धले हामीलाई गाली गर्ने भए भनेर ती बालकहरू डराउन लागे। तर बुद्ध रिसाउनुको सट्टा झन् आँखाबाट आँशु निकाल्दै रुन थालेपछि भने ती बालकहरूले बुद्धको पाउ समात्दै उनीसँग माफि माग्न थाले।

    उनीहरूमध्ये एक बालकले भने- “हे महापुरुष! हामीबाट ठूलो भूल भयो हामीलाई क्षमा गर्नुहोस्। हाम्रो कारणले हजुर रुनुपर्यो।”

    त्यसपछि बुद्धले भने- “हे बालक, मलाई ढुङ्गाले लागेर म दुःखी भएको होइन। म यसकारण दुःखी छु कि तिमीहरूले आँपको रूखलाई ढुङ्गा हान्यौ र त्यसले तिमीलाई मीठो फल दियो, तर मलाई ढुङ्गाले हानेपछि मैले तिमीहरूलाई केवल डर दिन सकेँ। मलाई क्षमा गर बालक!”

    निश्कर्ष:- बुद्धको यो कहानीबाट के सिक्न सकिन्छ भन्दा, हामीले जे काम गरेपनि त्यसको फल अवश्य मिल्छ, चाहे त्यो राम्रो होस् या नराम्रो। अर्को कुरा भनेको हामीले यदि कुने भूल गरेका छौँ भने डराउनुहुँदैन, त्यसको खुलेर सामना गर्नुपर्दछ र यदि कसैले भूल गर्यो भने पनि हामीले माफ गर्ने बानी बसाल्नुपर्दछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij