आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूरै रुख नै औषधिय गुण युक्त मेवाकाे यी फाइदा

  • प्रकाशित मिति : सोमवार, माघ ७, २०७५



  • एजेन्सी। मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुने विज्ञहरु बताउछन् । उच्च रक्तचापका रोगीले दैनिक एउटा काँचो मेवा खानु लाभदायक मानिन्छ ।मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । मेवामा थोरै क्यालोरी, धेरै पौष्टिक तत्व हुन्छ । त्यसैले मेवालाई मोटोपन घटाउन मेवाको सेवन पनि गरेको पाइन्छ । कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ । टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । यदि मेवा सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगहरुबाट छुटकारा दिन्छ । यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।

    आयुर्वेदमा मेवालाई विभिन्न रोगलाई भगाउने उच्चतम फलको रुपमा लिइएको छ । मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ । साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ ।फाइदाका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ । मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्दछ । मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ । मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्धत पुग्ने बताइन्छ ।

    मेवामा प्रसस्त पोटासियम पाइन्छ । त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ । मेवामा कार्पेन वा कार्पेइन्ज नामक क्षारिय तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij