मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बिहान खाली पेट सख्खर खानुका यस्ता छन् फाइदै फाइदा

  • प्रकाशित मिति : मङ्लबार, माघ ८, २०७५



  • चिसो मौसममा सख्खरले औषधीको रुपमा काम गर्छ । आयुर्वेदले सख्खरको सेवन शरिरका लागि अमृत समान बताउँछ । यसले पाचन क्रियालाई चुस्त राख्नुका साथै विभिन्न रोगबाट छुटकारा दिलाउँछ । सख्खरलाई पचाउन निकै कम ऊर्जा खर्च हुन्छ । सख्खरलाई पचाउन सय क्यालोरी खर्च हुन्छ भने चिनीलाई पचाउन पाँच सय क्यालोरी खर्च हुन्छ । जसलाई छाती पोल्ने, कब्जियत वा पेटमा ग्यास बन्ने समस्या छ भने उनीहरुका लागि खाली पेट सख्खर खाँदा निकै फाइदा हुन्छ । यतिमात्र होइन, सख्खर खाँदा फ्लू, घाँटीको खसखस र जलनबाट पनि राहत मिल्छ । पेटमात्र होइन सख्खरको सेवनले छालालाई पनि विभिन्न फाइदा हुन्छ । सख्खरले हानिकारक टक्सिनलाई पनि बाहिर निकाल्न मद्दत गर्छ । आउनुहोस्, यसका केही लाभबारे जानकारी लिऔंः

    सख्खर खानुका लाभः

    सख्खर उखुबाट तयार गरिएको शुद्ध, अपरिष्कृत गुलियो हो । उखुको रसमा विभिन्न खनिज र भिटामिन हुन्छ । सख्खरलाई चिनीको निकै शुद्ध रुप मानिन्छ । सख्खर लौहतत्त्व (आइरन) को एक प्रमुख स्रोत हो र रक्तअल्पत्ता (एनिमिया) का रोगीलाई चिनीको साटो सख्खरको प्रयोग गर्न सल्लाह दिइन्छ ।

    अधिकांश व्यक्तिहरुलाई चिसो मौसममा सख्खरको सेवन गर्न जानकार व्यक्तिहरुले सुझाव दिने गर्छन् । यसको प्रकृति तातो हुन्छ त्यसकारण यसले शरिरलाई तातो बनाउन मद्दत गर्छ । आयुर्वेद संहिता अनुसार यो छिटो पच्ने, रगत तथा भोक बढाउने किसिमको हुन्छ । यसबाहेक सख्खरबाट बनेका खानेकुर खाँदा विभिन्न रोगबाट राहत मिल्छ ।

    जो महिला वा युवतीलाई महिनावारीका बेला पेट दुख्छ उनीहरुका लागि सख्खरको सेवन निकै फाइदाजनक हुन्छ । सख्खरले पाचनतन्त्रलाई सही राख्छ । त्यसकारण महिनावारीका बेला सख्खरको सेवन गर्नुहोस् । यसले तपाईंको पेट दुखाई कम गर्छ ।

    यदि तपाईंको जोर्नी दुख्छ भने सख्खर तपाईंका लागि निकै फाइदाजनक हुन्छ । सख्खरमा भएको क्याल्सियम र फस्फरोसले हड्डी बलियो बनाउन सहयोग गर्छ । यसबाहेक नियमित रुपमा सख्खरको एउटा टुक्रा अदुवासँग खाने हो भने चिसो मौसममा जोर्नी दुखाई कम हुन्छ ।

    सख्खर तपाईंको छालाको लागि पनि निकै राम्रो हुन्छ । यसले तपाईंको छालालाई स्वस्थ र आकर्षक बनाउन सहयोग गर्छ । यसले रगतबाट खराब विकार (टक्सिन) लाई बाहिर निकाल्न मद्दत गर्छ जसका कारण तपाईंको छाला चम्किलो हुनथाल्छ ।

    सख्खरको प्रकृति तातो हुने भएकाले यसको सेवनले रुघा–खोकी, कफमा आराम मिल्छ । तर याद गर्नुपर्ने कुरा के छ भने रुघाखोकीमा काँचो सख्खर खानु हुँदैन । यसलाई तपाईं चिया/तातोपानीमा घोलेर वा यसको लड्डु बनाएर खान सक्नुहुन्छ । यसका साथै, गला खस्खसाएर आवाज बसेको छ भने ५० ग्राम सख्खरमा दुईवटा कालो मरिच मिसाएर खाँदा यो समस्यामा निक्कै राहत मिल्छ ।

    दमको समस्या भएका व्यक्तिलाई पनि सख्खर खाने सल्लाह दिइन्छ । सख्खरले शरिरको तापक्रमलाई नियन्त्रित गर्नुका साथै यसमा एन्टी एलर्जिक गुण हुने भएकाले दम रोगीलाई निकै राहत प्रदान गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij