प्रकाशित मिति : मङ्लबार, माघ ८, २०७५
डडेल्धुराका फरक÷फरक स्थानमा चट्याङ लागेर आज दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा गन्याधुरा गाउँपालिका–५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्।
देउवाको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो। भुवनेश्वरी माविमा पढिरहेको अवस्थामा एक्कासि चट्याङ लागेर रोशनी गम्भीर घाइते भएकी थिइन्।
थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
यसैबीच आलिताल गाउँपालिका–५ भित्रीसैनमा पनि चट्याङ लागेर चारजना घाइते भएका छन्। चारै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij