मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यातायात व्यवस्था विभाग आफैंले सुरु गर्‍यो ‘स्मार्ट लाइसेन्स’ छाप्ने काम

  • प्रकाशित मिति : बुधबार, माघ ९, २०७५



  • काठमाडौं, माघ ८ । मालिका इन्कर्पाेरेटले छाप्न थालेको ‘स्मार्ट लाइसेन्स’ गुणस्तरीय हुन नसकेसँगै यातायात व्यवस्था विभागले आफैं स्मार्ट लाइसेन्स छाप्न सुरु गरेको छ ।

    विभागले गत कात्तिक ६ गतेबाट मालिका इन्कर्पाेरेटलाई लाइसेन्स छाप्न दिएको थियो ।

    तर, लाइसेन्सको गुणस्तरमा कमी आएको भन्दै विभागले पुस २८ गतेबाट लेजर प्रविधिबाट आफैंले छाप्न सुरु गरेको थियो ।

    विभागले आफैंले छाप्न सुरु गरेपनि मागअनुसार छाप्न भने सकेको छैन ।

    विभागमा दैनिक १० हजार लाइसेन्सको माग हुने गर्दछ । तर, विभागले दैनिक तीन हजारको संख्यामामात्र लाइसेन्स छाप्ने गरेको छ ।

    विभागमा अहिले प्रतिघन्टा ७० ओटा स्मार्ट लाइसेन्स छाप्नसक्ने जम्मा चारओटामात्र प्रिन्टर रहेका छन् ।

    तर, विभाग भने दुई महिनासम्ममा लाइसेन्सको लागि पर्खनुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्छ । यद्यपि, विभागले अहिले चार लाख लाइसेन्स छाप्नुपर्नेछ ।

    विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय विभागले दुई महिनाभित्रै सबै लाइसेन्स छापिसक्ने दाबी गर्छन् ।

    मालिका इन्कर्पाेरेटलाई दुई महिनामा पाँच लाख लाइसेन्स छाप्नका लागि जिम्मेवारी दिइएको थियो । तर, मालिकाले दुई महिनामा साढे तीन लाखमात्र लाइसेन्स छापेको थियो ।

    विभागले अहिले आफैंले लेजर प्रविधिबाट लाइसेन्स छापिरहेको छ ।

    अबको केही समयभित्रै प्रदेशस्तरबाटसमेत लाइसेन्स छपाइको तयारीसमेत भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

    प्रदेशस्तरबाट लाइसेन्स छपाइका लागि मंसिर २८ गतेबाटै निर्णय भइसकेको पनि विभागले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij