प्रकाशित मिति : बुधबार, माघ ९, २०७५
मधु पौडेल , बाँके । जिल्ला मालपोत कार्यालय बाँकेका एक कर्मचारीलाई ५० हजार घुस लिदालिदै अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटेको टोलीले मालपोत कार्यालयबाट सेवाग्राहीबाट घुस लिदालिदै रंङ्गेहात नियन्त्रणमा लिएको हो ।
मंगलबार मालपोत कार्यलयका खरिदार सञ्जयकुमार ठाकुरका साथबाट सेवाग्राहीको काम गरिदिने भन्दै लिएको ५० हजार रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले सेवाग्राहीबाट लिएको रकमसहित ठाकुरलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको जानकारी दिए ।
पक्राउ परेका ठाकुरलाई अख्तियारले हिरासतमा राखेर थप अनुसन्धान गइरहेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij