आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यस्ता महिलालाई हुनसक्छ पाठेघरको मुखको क्यान्सर

  • प्रकाशित मिति : बुधबार, माघ ९, २०७५



  • पाठेघरको मुखको क्यान्सरबारे थाहापाउनु अगाडी क्यान्सर के हो भनेर बुझ्नु आवश्यक छ । क्यान्सर वा अर्बुद्ध रोग शरीरको कोष या कोषीकाहरुको समुहको अस्वाभाविक बृद्धि हो । यदी यसलाई समयमा नष्ट गरिएन भने शरीर भरी नै यो रोग फैलिन्छ र अन्नतः यो नै मृत्युको कारण बन्न पुग्छ ।

    महिलाहरुमा देखिने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख एक हो । पाठेघर महिलाको प्रजनन् सम्वन्धी एक प्रमुख अंग हो । जुन पेटको तल्लो भागमा पिसाब थैली पाठेघरको मुखको ठिक अगाडी र मलद्धार पछाडी रहेको हुन्छ । नासपाति आकारमा देखिने पाठेघरलाई फेलोपियन ट्यूव तथा मांसपेशी तत्वहरुले दुबैतिरबाट अड्याएका हुन्छन् ।

    सामान्यतया पाठेघरलाई तिन भागमा बाँडेर हेर्न सकिन्छ । एक सबैभन्दा माथीको फराकिलो भाग जसलाई फण्डस भनिन्छ । अर्को बिचको साँगुरो घाँटी जस्तो भाग जसलाई इस्थमस भनिन्छ । तेस्रो पाठेघरको मुख जसलाई सर्भिक्स भनिन्छ । महिलामा देखिने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर प्रमुख हो ।
    यस्ता महिलालाई पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुन्छ
    – सानो उमेरमा विवाह गर्ने
    – कलिलै उमेरमा यौन सम्पर्क गर्ने
    – धेरै जनासँग यौन सम्पर्क राख्ने
    – धेरै सन्तान जन्माउने
    – खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका महिला
    – पाठेघर वा यौनाङ्गको बारम्बार संक्रमण भइरहने महिलामा यो क्यान्सर बढी देखिएको छ ।
    लक्षण

    क्यान्सरको सुरुवातमा कुनै पनि लक्षण नदेखिन सक्छ । तर यस्ता लक्षण देखिएमा पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।
    – योनीबाट गन्हाउने फोहर पानी बग्नु
    – यौनसम्पर्क गर्दा सामान्य अवस्थामा पनि गर्दा रगत देखिनु
    – महिनावारी बन्द भएका महिलामा पनि रगत देखिनु
    – तल्लो पेट बढी दुख्नु
    – दिशा वा पिसाब गर्दा अप्ठेरो महशुस हुनु
    – वजन घट्दै जानु
    – थकाई बढी लाग्ने
    – महिनावारीको नभएको बेला पनि रगत बग्ने
    पाठेघरको मुखको क्यान्सरबाट बच्न १० वर्ष उमेरसम्मका बालिकालाई खोप लगाउन सकिन्छ ।

    यो खोप सरकारले निःशुल्क लगाउने अभियान सुरु गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी अर्थात् ७० प्रतिशत क्यान्सर पाठेघरको मुखको हुने गरेको तथ्याङ्कले देखाएको छ । विश्व स्वास्थ्य सङ्ठनका अनुसार संसारभरमा प्रत्येक वर्ष दुई लाख ७० हजारभन्दा बढी महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुने गर्दछ जसमध्ये ८५ प्रतिशत मृत्यु विकासोन्मुख देशमा मात्रै हुन्छ ।

    सन् २०१२ को तथ्याङ्कअनुसार संसारभरमा त्यस वर्ष पाँच लाख २८ हजार महिलामा पाठेघरको मुखको क्यान्सरको निदान भएको थियो । सो वर्ष दुई लाख ६६ हजार महिलाको मृत्यु यस रोगका कारण भएको थियो ।

    पाठेघरको मुखको क्यान्सर ३५ देखि ६४ वर्षसम्मका महिलामा धेरै हुने गरेको छ । नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा यो रोग हुने अनुमान गरिएको छ जसमध्ये ५० प्रतिशतको मृत्यु हुने गर्छ । प्रारम्भिक अवस्थामै निदान गरी उपचार गर्न सकिएमा यो रोगबाट बच्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij