मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रुघा-खोकी तथा नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि अचुक दबाइ

  • प्रकाशित मिति : बिहिबार, माघ १०, २०७५



  • रुघा-खोकी तथा नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि । भान्साघरमा दैनिक उपयोग गरिने बेसार अर्थात् हर्दी केवल स्वाद तथा आकर्षणमा मात्र सीमित छैन, यसले पूरा शरीरको रक्षा गर्छ।

    – भनाइ नै छ, सर्दीका लागि हर्दी। दैनिक दूधमा बेसार हालेर खाँदा रुघा-खोकी तथा चिसोले सताउँदैन भने आन्तरिक घाउ पनि ठीक हुन्छ। – ईएनटी अर्थात् नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि ज्यादै उपयोगी छ बेसार। परम्परागत रूपमै हामीले यसको प्रयोग गर्दै आएका छौं। – छातीमा कफ जमेको छ, खोकी लागेको छ भने दुई दाना मरिच, एक चिम्टी बेसार घिउमा मिसाएर बनाइएको लेपले छातीमा हल्का मालिस गर्दा फाइदा हुन्छ।

    – पुरानो खोकी (सुख्खा होस वा अन्य) भने हल्दीको टुक्रा चुस्ने। राति पनि हर्दीको टुक्रा मुखमा राखेर खुत्ने। – बेसारको सेवनले रगत शुद्ध बनाउँछ। – पिलो तथा घाउमा बेसार लगाउँदा फाइदा हुन्छ।

    – बेसार एन्टिबायोटिक पनि हो। आधुनिक चिकित्सा पद्धतिमा दिइने एन्टिबायोटिकले मित्र जीवहरूलाई पनि नष्ट गर्छ, तर बेसारले शत्रु जीवलाई मात्र नष्ट गर्छ। – संस्कृतमा बेसारलाई ‘कृमृघ्ना’ भनिन्छ, जसको अर्थ हुन्छ— कीटनाशक। – सौन्दर्य प्रशाधनमा पनि बेसार प्रयोग हुन्छ। बेसार, चनाको बेसन तथा तोरीको तेल एक साथ प्रयोग गर्ने हो भने अझ राम्रो हुन्छ।

    – बेसारमा भएको तैलीय पदार्थ शरीरले सहजै ग्रहण गर्छ र शरीर सुन्दर देखिन्छ। – जन्डिसमा २-३ ग्राम बेसार मोहीका साथ खाँदा फाइदा पुग्छ। – बेसारमा मानव शरीरलाई स्वस्थ तथा सुदृढ बनाउन आवश्यक सबै गुण विद्यमान छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij