आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवनमा सवारी दुर्घटनामा परि ९१ जनाको ज्यान गयो

  • प्रकाशित मिति : बिहिबार, माघ १०, २०७५



  • ;ft;o ld6/ tn v;]sf] ofq'axfs a; bfªsf] t'n;Lk'/–;Nofg ;8s v08cGtu{t t'n;Lk'/– # /fd|Ldf sl/a ;ft;o ld6/ tn vv]sf] a; . b'3{6gfdf !& hgf ofq'sf] d[To' ePsf] 5 eg] !) hgf 3fOt] ePsf 5g . t:jL/ M bLks af]x/f, ndxL -bfª_, k|b]z g+= %, /f;;

    चितवन – जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनाका कारण पूर्वपश्चिम लोकमार्गमा २०, नारायणगढ मुग्लिन सडकखण्डमा १५, पृथ्वी राजमार्गमा १७, भरतपुर महानगरपालिकाभित्र ११ र जिल्लाका अन्य भित्री सडकमा २८ को मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा बढी मोटरसाइकल सवार रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ ।

    मोटरसाइकलमा सवार ३७ को मृत्यु भएको छ भने पैदलयात्री २२ को मृत्यु भएको छ । यस्तै बसमा सवार १७, साइकल यात्री छ जना, ट्रक ट्याङ्करमा सवार पाँच जना, जीप कारमा सवार तीन जना र अटोमा सवार एक जना रहेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत आवको यसै अवधिमा सवारी दुर्घटनाबाट ६१ को मृत्यु भएको थियो । जिल्लाभित्र भएका ११५ दुर्घटनामा २३० घाइते भएका थिए । गत आवमा जिल्लामा २७१ वटा सवारी दुर्घटना भएका थिए । जसमा १३२ को ज्यान गएको थियो भने ५२९ घाइते भएका थिए ।

    कार्यालयले दिएको जानकारीअनुसार गत वर्षको तुलनामा चालू आवमा दुर्घटना निकै बढेका हुन् । ग्रामीण सडकमा समेत दुर्घटना बढेपछि चुनौती थपिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार सवारी साधनको चापमा वृद्धि, युवापुस्ताले तीव्र गतिमा सवारी हाँक्नु, अटेर गरी मदिरा सेवन गरेर सवारी चलाउने जस्ता कारणले दुर्घटना बढेका हुन् । प्रहरीले टोलटोलमा ट्राफिक प्रहरी भन्ने अभियानका साथ जनचेतनामूलक कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो ।

    नारायणगढ मुग्लिन सडकमा ब्रेकरका कारण दुर्घटनामा कमी आए पनि बजारी क्षेत्रमा ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको उहाँले बताउनुभयो । प्रहरीले ट्राफिक जनचेतनामूलक कार्यक्रम, सवारी मेकानिकल परीक्षण, चालकको स्वास्थ्य परीक्षण, ठाउँठाउँमा चेकजाँच, साँझमा मादक पदार्थ सेवन परीक्षणजस्ता कार्यक्रम गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij