मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

धेरै पानी पिउनु पनि हानिकारक

  • प्रकाशित मिति : बिहिबार, माघ १०, २०७५



  • पुस २६, २०७२ एक अध्ययनअनुसार धेरै पानी पिउनु पनि हानिकारक हुन्छ । केही समयअघि बेलायतमा गरिएको अध्ययनबाट उक्त कुरा पत्ता लागेको हो । धेरै पानी पिउँदा मृगौला ठीक रहन्छ तर तौल कम हुनुका साथै एकाग्रता घट्छ । विशेषज्ञहरूका अनुसार धेरै पानी पिउँदा शरीरमा नुनको मात्रा कम हुन्छ । यसले दिमागमा असर पर्न सक्छ । प्रशस्त पानी पिउनाले बारम्बार पिसाब लागिरहन्छ । यसले गर्दा निद्रा पनि कम लाग्छ । खाना खानुअघि पानी पिए भोक कम लाग्ने कुरा पनि अध्ययनबाट पत्ता लागेको ।

    मौसमको फाइदा

    मौसममा भिटामिन सी प्रशस्त पाइन्छ । मौसमबाट पोटासियम, आइरन, अमिनो एसिड, जिंक तथा भिटामिन बी पनि प्राप्त हुन्छ । यसले धमनीको रक्षा गर्छ । मौसम कोलस्ट्रोलको स्तर तथा तौल घटाउन पनि सहयोगी हुन्छ । मौसम खाँदा पाचनक्रिया ठीक रहन्छ । यो फल पत्थरी, निमोनिया, सर्दी तथा ज्वरोमा पनि फाइदाजनक साबित हुनसक्छ । यसको नियमित सेवन गरे अनुहारमा निखार आउँछ।

    आँखाको रोगका लागि

    अनारको दाना पिसेर त्यसको रस छान्नुपर्छ । यो रसलाई आँखामा राखे आँखा रातो हुने तथा पोल्ने समस्या कम हुन्छ ।

    थकाइ लाग्दा के खाने ?

    शरीरमा सामान्यभन्दा कम शक्ति हुनुलाई थकान भनिन्छ । धेरै शारीरिक परिश्रम गर्दा तथा खेल खेल्दा थकाइ लाग्न सक्छ । कहिलेकाहीँ क्षणभरका लागि मात्र थकाइ लाग्न सक्छ भने कहिले लामै समयसम्म त्यसको अनुभूति हुन्छ । थकाइ लागेका बेला भोजनमा ध्यान पुर्‍याउनुपर्छ ।

    –प्रशस्त फलफूल तथा तरकारी समावेश गरिएको भोजनले शरीरमा शक्ति बढाउँछ । त्यसैले बढी मात्रामा फलफूल, तरकारी एवं सलाद सेवन गर्नुपर्छ ।

    –फलफूलमा आँप, अनार, स्याउ, अंगुर, जुनार, तरकारीमा पालुंगोको साग, गोलभेंडा, कुरिलो, च्याउ, हरिया सागपात तथा आलु खानु उपयोगी हुन्छ ।

    –अंकुरित भोजन, फर्सीको बियाँ, सूर्यमुखीको बियाँ, पेस्ता, काजु, अन्जिर, काजी बदाम आदिको सेवन फाइदाजनक हुन्छ ।

    –दूधमा मह मिसाएर पिउनुपर्छ ।

    –भिटामिन बीको अभावमा थकान महसुस हुने हुँदा दैनिक भोजनमा भिटामिन बीयुक्त भोजन समावेश गर्नुपर्छ । चोकरसहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, दाल, गेडागुडी, केराउ, दूध, अण्डा, केरा, अन्जिर, पेस्ता तथा काजुमा भिटामिन बी पाइन्छ ।

    –थकाइको उपचारमा पोटासियमको विशेष महत्व हुन्छ । यसका लागि हरिया सागपात तथा दिनमा दुईवटा केरा खानुपर्छ ।

    –त्यस्तै क्याल्सियम, सोडियम, जिंक आदिले पनि थकान निवारण गर्न विशेष भूमिका निर्वाह गर्छ ।

    –माछा–मासुको सेवन पनि लाभदायक मानिन्छ ।

    –५ सय मिलिलिटर गाजरको जुस, ३ सय मिलिलिटर चुकन्दरको जुस तथा १ सय मिलिलिटर काँक्राको जुस मिसाएर पिए शक्ति प्राप्त हुन्छ ।

    –१ गिलास अनारको जुस पिउनु शक्तिबद्र्धक मानिन्छ ।

    –दिनहुँ २ लिटर पानी पिए शरीरका कोषहरू ताजा तथा स्फुर्त हुनुका साथै बढी ऊर्जा प्राप्त हुन्छ ।

    http://bit.ly/1mNX1di

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij