प्रकाशित मिति : शुक्रबार, माघ ११, २०७५
मेष
नयाँ काम सुरु गर्नको लागि आज उचित समय छैन । नजिकको व्यक्तिका कारण समस्या उत्पन्न हुन सक्नेछ । प्रेम सम्बन्धमा तनाव उत्पन्न हुनेछ । कार्यालयमा कोही व्यक्तिसंग झगडा हुने योग रहेको छ ।
वृष
काम सम्बन्धि यात्रा फलदायी हुनेछ । प्रतिष्ठित व्यक्तिहरुसंग सम्बन्ध बन्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । व्यापार सम्बन्धि सझौता या अन्य महत्वपूर्ण निर्णय लिनको लागि आजको दिन राम्रो रहेको छ ।
मिथुन
व्यवसायिक क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ । मान प्रतिष्ठा मिल्नेछ । परिवारमा खुशी र शान्ती छाउनेछ । आत्मसन्तुष्टि मिल्नेछ ।
कर्कट
पारिवारिक मतभेदले गर्दा तनाव उत्पन्न हुनेछ । लेनदेन सम्बन्धि आर्थिक काममा घाटा हुनेछ । कार्यस्थलमा विवाद हुनेछ । अरुमाथी बढी विश्वास गर्नाले हानी हुनेछ ।
सिंह
विद्यार्थीहरुका लागि आजको दिन राम्रो रहेको छ । व्यवसायमा प्रगति हुनेछ । नोकरीमा कडा मिहिनेत गर्नुपर्नेछ । मानसिक तनावले गर्दा शारीरिक स्वास्थ्य समस्या देखिनेछ ।
कन्या
परिवारमा खुशी छाउनेछ । खर्च बढ्नेछ । पेटको बिमारीले सताउनेछ । जीवनसाथीको सहयोगमा महत्वपूर्ण कामहरु पूरा हुनेछन् ।
तुला
प्रेमी प्रेमिकाबीच मनमुटाव हुनेछ । महङ्गो वस्तु खरिद गरिनेछ । काममा कडा मिहिनेत गरिनेछ र मिहिनेत अनुसार फल मिल्नेछ । पारिवारिक वातारण सुखद रहनेछ ।
वृश्चिक
काममा कडा मिहिनेत गर्नुपर्ने हुनाले थकान महसुस हुनेछ । काममा प्रशंसा तथा पुरस्कार मिल्नेछ । घरपरिवारका सदस्यसंग मतभेद उत्पन्न हुनेछ ।
धनु
आज वादविवादबाट टाढा रहनु राम्रो हुनेछ । मानसिक तनाव बढ्नेछ । आमाको स्वास्थ्यको चिन्ताले सताउनेछ ।
मकर
व्यापार व्यवसायमा कडा मिहिनेत गर्नुपर्नेछ । वैवाहिक सम्बन्धमा मतभेद उत्पन्न हुनेछ । स्वास्थ्यमा गडबडी देखिनेछ । बोलीमा नियन्त्रण गर्नुपर्ने समय रहेको छ ।
कुम्भ
काममा सम्मान मिल्नेछ । व्यापार व्यवसायमा प्रगती हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । पारिवारिक जीवन सुखमय हुनेछ । परिवारका सदस्यको साथमा भ्रमणको योजना बन्नेछ ।
मीन
व्यावसायिक क्षेत्रमा उत्साह रहिरहनेछ । आफ्नो व्यवहारका कारण अरुको मन जित्न सकिनेछ । मान प्रतिष्ठा मिल्नेछ । राम्रा अवसरहरु प्रात हुनेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij